+
+
Shares

मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्रालिसहित २ उद्योगलाई २ लाख २३ हजार जरिबाना

अनुगमन क्रममा विभागको टोलीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २८ गते १९:२४

Quick Summary

AI-generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई उद्योगलाई जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा केही उद्योगले नियम उल्लंघन गरेको पाइएको छ र केहीले अनुगमनमा असहयोग गरेको पाइयो।
  • अगामी तीन दिनभित्र अनुगमन गरिएका उद्योगहरूले आवश्यक कागजातहरू विभागमा पेश गर्नुपर्नेछ।

२८ वैशाख, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार दुई उद्योग तथा फर्मलाई २ लाख २३ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

विभागको अनुगमन टोलीले आइतबार १७ उद्योग तथा फर्म अनुगमन गरेको थियो । अनुगमन क्रममा विभागको टोलीले काठमाडौं महानगरपालिका–४ धुम्बाराहीमा रहेको काठमाडौं मार्केटिङ एन्ड ट्रेडिङ हाउस प्रालिलाई २ लाख ५ हजार रुपैयाँ जरिबाना तिराएको छ ।

उक्त कम्पनीले आफ्ना उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै काठमाडौं महानगरपालिका–१४ कुलेश्वरमा रहेको विश्वनाथ ओभरसिज प्रालिलाई विभागले १८ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीलाई अनुगमनमा असहयोग गरेको भन्दै उक्त जरिबाना तिराइएको जनाइएको छ ।

आज अनुगमन गरिएका ८ उद्योगलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर ३ दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागले जनाएको छ । ७ उद्योगलाई सामान्य निर्देशन मात्रै दिइएको विभागको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?