+
+
Shares

लण्डनमा रेल चढेका प्रधानमन्त्रीले फ्रान्स पुगेर केवलकार चढे

हावाहुरीले केहीबेर दुःख दियो, राति नै जेनेभा फिर्ता

बसन्त रानाभाट बसन्त रानाभाट
२०७६ जेठ ३२ गते १२:००

३२ जेठ, फ्रान्स । लण्डनबाट रेल चढेर पेरिस पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार फ्रान्स, स्वीटजरल्याण्ड र इटालीको सीमानामा अवस्थित शामोनी हिमवत क्षेत्रमा केवलकार चढेर हिमाली पर्यटनको मज्जा लिए ।

प्रधानमन्त्री ओलीसहितको नेपाली टोलीले शामोनीमा रहेको उच्च प्रविधिको केबुलकार चढेर हिमाली पर्यटनको अवलोकन गरेको हो । शामोनी शहर फ्रान्स, इटाली र स्वीट्जरल्याण्डको सीमानामा पर्छ । साथै यो युरोपको सबैभन्दा ठूलो हिमालको फेदीमा पर्ने ठाउँ  हो ।

यसक्षेत्रमा स्की एवं हिउँमा गएर चिप्लेटी खेल्नका लागि पूर्वाधारहरुको विकास गरिएको छ । हिमाली क्षेत्रमा पर्यटकहरुलाई कसरी आकर्षण गर्न सकिन्छ भन्ने उदाहरण शामोनीमा देख्न सकिन्छ ।

प्रधानमन्त्रीको टोली केवलकार चढेर फर्कंदै गर्दा वीचैमा ठूलो हावाहुरी चलेका कारण केही समय स्टेशनमा रोकिनुपरेको थियो । केबलकारबाट फर्किएपछि टोली शुक्रबार राति ८ बजे जेनेभा पुगेको छ ।

फ्रान्स निवासी निर्मल अर्यालका अनुसार हिमाल आरोहणमा जाने नेपालका शेर्पाहरु यहाँ पुगेर स्की सिकेर नेपाल फर्कने गरेका छन् । सन् १९८२ बाट यो तालिम दिन थालिएको अर्याल बताउँछन् ।

अर्याल भन्छन्, ‘सन् १९८२ देखि इपोले भिलार फाउण्डेसन सुरु भएदेखि हालसम्म ३ सय नेपाली गाइडहरुले यहाँ तालिम लिइसकेका छन् । अन्तराष्ट्रिय स्तरको प्रमाणपत्र लिन स्की आवश्यक पर्ने हुदाँ यहा तालिम लिन आउने गरेको पाइन्छ ।’

प्रधानमन्त्रीको टोली केवलकार चढेर फर्कंदै गर्दा वीचैमा ठूलो हावाहुरी चलेका कारण केही समय स्टेशनमा रोकिनुपरेको थियो ।

हावाहुरीले केहीबेर दुःख दियो

ल ब्रेभँ भन्ने स्थानमा आइपुग्दा हावाहुरी चलेपछि केहीबेर स्टेसनमा प्रधानमन्त्रीको टोली रोकिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

केबलकारबाट फर्किएपछि प्रधानमन्त्रीको टोली शुक्रबार राति ८ बजे जेनेभा पुगेको छ । शामोनीबाट सडक यातायातबाट करिब डेढ घण्टामा जेनेभा पुगिन्छ ।

प्रधानमन्त्री ओलीले गरे मौरिस हर्जोगको प्रशंसा

पहिलोपटक सन् १९५० जून ३ तारिखमा अन्नपूर्ण प्रथमको चुचुरोमा पुगेका फ्रान्सेली नागरिक हुन्– मौरिस हर्जोग । उनी कुनैबेला फ्रान्सको हिमाली क्षेत्र शामोनी–मो ब्लाक नगरपालिकाका मेयर पनि थिए । सोही नगरपालिकाले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा शुक्रबार दिउँसो एक कार्यक्रमसमेत आयोजना गर्‍यो ।

पर्वतारोहण गतिविधिका लागि प्रशिद्ध फ्रान्सको हिमाली क्षेत्र शामोनीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले हर्जोगको सम्झना गरे । हर्जोगको सफल आरोहणपछि मात्र विश्वमा हिमाल चढ्ने क्रम बढेको भन्दै प्रधानमन्त्री ओलीले उनको प्रंशसा गरे ।लियोन, फ्रान्समा १५ जनवरी १९१९ मा जन्मेका हर्जोगको १३ डिसेम्बर २०१२ मा निधन भएको थियो ।

नेपाल र फ्रान्सबीचको सांस्कृतिक सम्बन्धको चर्चा गर्दै हिमाल आरोहण गर्ने फ्रान्सेली नागरिकहरुप्रति प्रधानमन्त्री ओलीले आभार प्रकट गरे ।

सो अवसरमा शामोनीका मेयर एरिक फुर्नियमार्फत प्रधानमन्त्री ओलीलाई यहीँ बनेको आइस एक्स उपहार दिइयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?