Comments Add Comment

पहिलो जितको खोजीमा दक्षिण अफ्रिका र अफगानिस्तान

३२ जेठ, काठमाडौं । विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले यति कमजोर प्रदर्शन गर्छ भनेर कमैले सोचेका थिए ।

तर, यस्तै भयो । लगातार तीन खेल हारेको उसले बनाएको एक अंक पनि पानीले खेल रद्द भएपछि पाएको हो । अघिल्लो चरण पुग्ने सम्भावना कायम राख्ने उसलाई बाँकी सबै खेल जित्नुपर्ने दबाव छ, जुन कठिनभन्दा पनि कठिन छ ।

शनिबार नेपाली समयानुसार साँझ ६ः१५ मा अफगानिस्तानसँग भिड्दा दक्षिण अफ्रिकाले जितको सुरुवात गर्न चाहन्छ । तर, शीर्ष स्थानका ब्याट्सम्यान र बलर नै नचल्दा दक्षिण अफ्रिका समस्यामा छ । हसिम अमला, क्विन्टन डि कक, फाप डुप्लेसिस, जेपी जुमिनी, डेभिड मिलर जस्ता ब्याट्सम्यान चल्न सकिरहेका छैनन् । लगातार हारको मुख्य कारण पनि यही हो ।

बलिङ पनि प्रभावकारी छैन । इमरान ताहिर, कागिसो रबडाजस्ता बलरमा जादुमयी प्रदर्शन देखिएको छैन ।

अफगानिस्ताको अवस्था पनि योभन्दा फरक छैन । तुलनात्मक रुपमा कमजोर मानिए पनि ठूला टिमलाई बेलाबेला चक्मा खुवाउने अफगानिस्तान योपटक त्यस्तो छैन । बलिङ ठीकठाक भए पनि ब्याटिङ चल्न नसक्दा जितिसकेको खेल पनि अफगानिस्तानले गुमाएको छ ।

शनिबार दक्षिण अफ्रिकाविरुद्ध मैदान उत्रिँदा लगातार तीन खेल गुमाएको अफगानिस्तान पनि पहिलो जितको खोजीमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment