Comments Add Comment

मनै लोभ्याउने थोरङला पास ! (फोटो फिचर)

वरिपरि सेताम्ये हिमाल, बीचमा आफू । हेर्दा लाग्छ, धर्तीको स्वर्ग यही होला । हुन त आँखै अगाडि हामीले धेरै पटक हिमाल देखेका छौं । तर, पूरै ३६० डिग्रीको हिमाल भने पहिलोपटक थोरङला पासबाट देखिन्छ ।

विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास पुग्दाको अनुभव रोमाञ्चक हुने गर्छ । समुद्री सतहबाट ५ हजार ४ सय १६ मिटर उचाइमा रहेको थोरङला पास पार गर्न विश्वभरबाट बर्सेनि हजारौं पर्यटक नेपाल आउँछन् ।

लमजुङ सदरमुकाम बेँसीसहर अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिन्छ । बेँसीसहरबाट खुदी, भूलभूले, ङादी, स्याँगे, जगत तथा मनाङ जिल्लाको ताल, बगरछाप, चामे हुँदै थोराङ पास हुँदै मुस्ताङ पुगेपछि अन्नपूर्ण पदयात्रा मार्गको यात्रा पूरा हुन्छ ।

पदयात्राका सौखिनका लागि जीवनको प्रतिष्ठासमेत बन्ने गरेको पाँच हजार ४ सय १६ मिटरको थोराङ भञ्ज्याङलाई पार गर्दा आन्तरिक तथा बाह्य पर्यटक आफूलाई भाग्यमानी ठान्छन् । अन्नपूर्ण पदमार्ग विश्वका १० उत्कृष्ट गन्तव्यमध्ये एक मानिन्छ ।

आन्तरिक पर्यटकहरु जति तिलिचो तालमा पुग्छन्, त्यति थोरङला पास गएको पाइँदैन । प्रचार प्रसारको अभाव यसको मुख्य कारण भएको स्थानीय बताउँछन् ।

नजिकको तीर्थ हेला भनेजस्तो नेपालीको नजरमा यो कमै पर्ने गरेको छ । यद्यपि, अहिले आन्तरिक पर्यटकहरु पनि देखिन थालेका छन् । तर, जति आन्तरिक पर्यटकहरु विश्वको अग्लो स्थानमा अवस्थित तिलोचो ताल पुग्छन् त्यति थोरङला पास भने जाने गरेका छैनन् ।

तर, पछिल्लो समय मनाङसम्म मोटर पुगेपछि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको भन्दै स्थानीय खुशी देखिएका छन् ।

विगतमा लामो पदयात्राका रुपमा परिचित अन्नपूर्ण पदमार्ग सडक सञ्जालले मनाङ छोएपछि निकै छोट्टिएको छ । यो पदयात्रा पूरा गर्न विगतमा तीन हप्ता लाग्थ्यो । तर, सडक सञ्जालले मनाड, मुस्ताङ र लमजुङलाई छोएपछि १० दिनमै पदमार्ग पार गर्न सकिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment