+
+
Shares

सुधारिएको कांग्रेस व्यवहारमा हेर्न चाहन्छौंः तोसिमा कार्की

कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १९ गते १५:०५

१९ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नेपाली कांग्रेसलाई व्यवहारमा सुधारिएको देख्न चाहेको टिप्पणी गरेकी छन् ।

कांग्रेसको जारी १५ औं महाधिवेशनप्रति धारणा राख्दै रास्वपा केन्द्रीय सदस्य कार्कीले संघीय संसद्‌मा संख्यामा सानो देखिए पनि लोकतान्त्रिक इतिहासमा नेपाली कांग्रेसको योगदान अग्लो रहेको बताइन् । कांग्रेस केवल एक राजनितिक दलको नाम मात्रै नभई लोकतान्त्रिक ईतिहासको महत्वपूर्ण हिस्सा भएको बताइन् ।

‘त्यसैले विगतका गल्तीहरूलाई सच्याउँदै, राजनीतिक व्यवहारमा सुध्रँदै, अझ पारदर्शी, जवाफदेही, जनमुखी, सुसंस्कृत र लोकतान्त्रिक दलको रुपमा नेपाली कांग्रेसले आफूलाई पुनर्निर्माण गरोस् । हामी सुधारिएको कांग्रेस हेर्न चाहन्छौँ । शब्द र दस्तावेजमा मात्र होईन । व्यवहारमै ।’

प्रतिस्पर्धीका रुपमा रास्वपाले कांग्रेसलाई बलिायो देख्न चाहेको उनले बताइन् । प्रतिस्पर्धी बलियो हुनु रास्वपाका लागि डर नहुने र लोकतन्त्रमा बल थपिने उनी बताउँछिन् । ‘हामी नेपाली कांग्रेसलाई कमजोर प्रतिस्पर्धीका रूपमा होइन, सक्षम, इमान्दार र विचारमा मात्र नभई व्यवहारमै नैतिकवान र बलियो प्रतिस्पर्धीका रुपमा देख्न चाहन्छौँ,’ कार्कीले सामाजिक सञ्जालमा भनेकी छन्,‘किनकि, जब असल, इमानदार र सक्षम व्यक्तिहरू बीच प्रतिस्पर्धा हुन्छ, तब दल विशेषको ‘हार जित’ गौण भइदिन्छ । जो निर्वाचित भएपपनि समाज र राष्ट्रले सहि नेतृत्व पाउने सम्भावना हावी हुन्छ । र हामी त्यस्तै समाज निर्माण गर्न खोजिरहेकाछौँ ।’

कांग्रेसका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई लगायतका नेताहरूको योगदानलाई केवल चुनावी परिणाम वा सत्तामा व्यतित समयको हिसाबले मात्र मूल्यांकन गरिनु अवमूल्यन हुने कार्की बताउँछिन् ।

‘नियमित १४औँ महाधिवेशनपछि जेनजी पुस्ताको क्रान्तिले बदलिएको विशेष परिस्थितिमा गगनकुमार थापाको नेतृत्वमा सम्पन्न विशेष महाधिवेशनले लोकतान्त्रिक पार्टीभित्र विधि र विधानको सर्वोच्चताको एउटा महत्वपूर्ण नजिर स्थापित गरेको थियो,’ कार्की भन्छिन्,‘यो महाधिवेशन केवल नेतृत्व चयनको साँघुरो घेरामा सीमित नभई समयसापेक्षिक विचार, युगान्तकारी संगठन र राजनीतिक संस्कारलाई पुनर्सुदृढ गर्ने अवसर बनोस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?