Comments Add Comment

जुलाइमा आदित्य काठमाण्डौमा गुञ्जने

गायक आदित्य नारायाण झा काठमाण्डौमा गुञ्जने भएका छन् । ‘आदित्य नारायण झा लाइभ इन नेपाल’मा उनले नेपाली र हिन्दी गीत गाउनेछन् । उनी, काठमाण्डौको ठमेलमा रहेको ‘क्लब फरेनहाइट’मा लाइभ प्रस्तुतीका लागि नेपाल आउँदैछन् । जुलाइको पहिलो साता उनी काठमाण्डौ आउने बताइएको छ ।

गायकसँगै एक्टर समेत रहेका आदित्य गायक उदितनारयाण झा र गायिका दीपा नारायण झाका छोरा हुन् । सारेगमपा , एक्स फ्याक्टर र खतरा खतरा खतरा जस्ता शो होस्ट गरेर चर्चामा समेत आएका आदित्यले नेपाली गीतसंगीतमा ‘कुसुमे रुमाल २’बाट डेब्यू गरेका थिए । क्लब फरेनहाइटकै आयोजनामा हुने यो कार्यक्रममा प्रवेशका लागि १ हजार र १५ सय रुपैयाँको टिकट राखिएको छ । आदित्यलाई यूवाहरुको डिमाण्डकै आधारमा ल्याउन लागिएको क्लब फरेनहाइटले जनाएको छ ।

उनी केही समय अगाडि पोखरामा गुञ्जिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment