Comments Add Comment

‘पासवर्ड’मा सन्नीको हट आइटम(भिडियो)

भदौ २७ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘पासवर्ड’मा समावेश ‘आजको साम’ बोलको गीतको भिडियो रिलिज भएको छ । यो गीतको भिडियोमा बलिउडकी आइटम गर्ल सन्नी लियोनीले नृत्य गरेकी छिन् । सन्नी लियोनीले नृत्य गरेका कारण पनि यो गीतको भिडियो प्रतिक्षामा थियो ।

गीतमा अर्जुन पोखरेलको संगीत, दुर्गा खरेलको स्वर, विक्रम जोशीको शब्द छ । सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई अमित बस्नेत र हिराल जोशीले निर्माण गरेका हुन् । विष्णु देवाको कोरियोग्राफी रहेको गीतको भिडियोमा अमर जीत सिंहको छायांकन छ ।

भिडियोमा नायिका सन्नी लियोनी र चलचित्रका मुख्य कलाकार अनुप विक्रम शाही र विक्रम जोशीलाई देख्न सकिन्छ । चलचित्रमा वुद्दि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको पनि अभिनय छ ।

भिडियोमा नायिका सन्नी लियोनीको नृत्यले दर्शक लोभ्याउन सक्छ । गीतको अडियो औषत छ । जसलेगर्दा, गीतलाई लामो रेशको घोडा बन्न समस्या देखिन्छ । गीतको भिडियोमा सन्नीले नृत्य गर्दा चलचित्रको व्यापारमा पनि असर पर्ने विश्वास निर्माणपक्षको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment