Comments Add Comment

हिन्दु पद्धती अनुसार खाना पचाउने चार सरल तरिका

खासमा खानाले शरीरलाई निरोगी, तन्दुरस्त राख्नुपर्ने हो । तर, अहिले हाम्रो खानपान रोगको कारण बनिरहेको छ । खाना विषाक्त बनिरहेको छ । खानाकै कारण स्वास्थ्यमा विभिन्न समस्या आउने गरेको छ । कब्जियत, अपच त सामान्य जस्तै भइसक्यो ।

खानाको सोझो नाता हाम्रो स्वास्थ्यसँग छ । जबकी त्यही खानाले हामी अस्वस्थ्य हुन्छौं । त्यही कारण अहिले हामी खाना खान पनि डराउँछौ । पेट लाग्ने हो कि, मोटोपन पो बढ्ने हो कि, मधुमेह हुने हो कि ? खाना खाइरहँदा पनि मनमा सन्तोष छैन । सुख छैन ।

हुन त समय नै त्यस्तो छ । हामी आफै अन्न उब्जनी गरेर खान समर्थ छैनौ । अरुले खेतीपाती गरेर, अरुले नै बजारसम्म ल्याएका खानेकुरा खरिद गरेर हाम्रो भान्सामा आइपुग्छ । यस्तो खानेकुरा स्वस्थ्यबर्द्धक हुन्छ भन्ने छैन । त्यसमाथि हामीलाई आफ्नै हातले पकाउने फुर्सद पनि छैन । अरुले पकाएको खान्छौ । रेष्टुरेन्टकै खानामा पनि भर पर्छौ । एकातिर खानपान शैली यस्तो छ, अर्कोतिर सुविधाभोगी जीवन । हामीलाई ऐशआरम चाहिएको छ । बसीबसी खान बानी परेको छ । यस्तो अवस्थमा हाम्रो पाचन यन्त्रले अतिरिक्त बोझ उठाउनुपर्छ ।

शरीरको निर्माण नै समूचित श्रम गर्नका लागि हो । तर, हामी न व्यायाम गर्छौ, न शारीरिक श्रम । जबकी खानेकुरामा चाहि लोभी छौ । स्वास्थ्यका लागि भन्दा पनि जिब्रोको लागि खान्छौ । यसको सोझो असर हाम्रो पाचन यन्त्रमा पर्छ । त्यही कारण त हामीलाई पेटको रोगले सताएको छ ।

जबमी हामीले खाएको खानेकुरा सुपाच्य हुनुपर्छ । सजिलै पचाउन सकिने । यस्तो खानेकुराले पाचन यन्त्रलाई चुस्त र बलियो बनाउँछ । शरीरलाई पोषण प्रदान गर्छ ।

कसरी भोजन सुपाच्य बनाउने ?

उत्तम भोजन चयन गरौ । भोजन गर्ने समय र नियम बनाऔ । भोजन यस्तो गरौ, जो आफ्नो शरीरका लागि होस् । साथै समयमै पच्न सकोस् । पेट मात्र भर्नका लागि केहीपनि मुखबाट प्रवेश नगराऔ । शरीर कुनै डस्बिन होइन ।

यदि तपाईं चुरोट, रक्सी सेवन गर्नुहुन्छ भने यो आलेख तपाईंको लागि होइन ।

राम्ररी खाना चपाउनुहोस्

हामीमध्ये धेरैले खाना हतार-हतारमै खाने गर्छौ । खानालाई राम्ररी चपाउने गर्दैनौ । यदि दाँतले राम्ररी चपाएर खाने हो भने आन्द्राले धेरै मेहनत गर्नुपर्दैन । अर्थात आन्द्रालाई खाना पचाउन सजिलो हुन्छ । हिन्दु शास्त्र, आयुर्वेद र योगमा लेखिएको छ कि एक गाँस खानालाई कम्तीमा ३२ पटक चपाउनुपर्छ । दाँत ३२ वटा हुन्छ । हामीले एक गाँस खाना पनि कम्तीमा ३२ पटक चपाउनुपर्छ । यसरी खाना चपाएपछि त्यो पाचन रससँग राम्ररी घुल्छ । हिन्दु शास्त्र अनुसार खाना खाने विधी पनि छ । पहिला गुलियो, त्यसपछि नुनिलो अन्त्यमा टर्रो ।

सबैभन्दा पहिला रसदार, त्यसपछि गरिष्ठ र अन्त्यमा द्रव्य पदार्थ ग्रहण गर्ने । थोरै खाना खाँदा आरोग्य, आयु, बल, सुख र सुन्दरता मिल्छ ।

उचित मात्रामा पानी पिउने

भोजनको एक घण्टाअघि पानी पिउनुपर्छ । फेरी खाना खाएको एक घण्टापछि पानी पिउनुपर्छ । यसबीचमा पानी पिउनु हुँदैन । अर्थात खाना तुरुन्तै पानी पिउनु हुँदैन । पानीले भोजनलाई पचाउन सहयोग गर्छ । तर, पानीको मात्रा धेरै भयो भने भोजन सड्छ । त्यसैले उचित मात्रामा, उचित समयमा पानी पिउनुपर्छ । उचित अर्थात सम्यक ।

पानीको काम भोजन पचाउनु हो । यदि तपाईंले कम पानी पिउनुभयो भने उचित भएन । धेरै पानी पिउनुभयो भने पनि उचित भएन । तपाईंलाई जब प्यास लाग्छ, तब पानी पिउनुहोस् । त्यती नै पिउनुहोस्, जति प्यास लागेको छ ।

प्राणयाम गरौ एवं उचित ढंगले श्वास लिने गरौं

जसरी पानीले भोजन पचाउने र तौल घटाउने काम गर्छ । त्यसैगरी वायुको काम भोजनलाई पचाएर बाहिर निकाल्ने हो । यदि तपाईं उचित ढंगले श्वास लिने र छाड्ने क्रिया गर्नुहुन्छ भने भोजन पचाउन सहज हुन्छ । यसका लागि प्राणायाम पनि उचित विधी हो । अनुलोम विलोम गर्दा पनि भोजन राम्ररी पच्छ ।

आफुले श्वास फेरिरहँदा त्यसमा ध्यान केन्द्रित गरौं । श्वास प्रश्वास क्रिया उचित छ कि छैन भनेर ध्यान राखौं । कहिले काही क्रोध, चिन्ता वा खराब बिचारले पनि हाम्रो श्वासको गति बद्लिन्छ । यसले पाचन क्रियामा समस्या ल्याउँछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment