Comments Add Comment

सर्री र युभेन्टसबीच आज सम्झौता हुँदै

३१ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सरीले अब युभेन्टस हेर्ने भएका छन् ।

इटालियन क्लब युभेन्टस र सरीबीचमा आज सम्झौता हुँदैछ । चेल्सी र युभेन्टसबीचमा बिहीबार छलफल भएको थियो । चेल्सीसँग तीन वर्षको सम्झौता रहेको सरीलाई आफ्नो क्लबमा लानका लागि अतिरिक्त ५ मिलियन पाउन्ड क्षतिपूर्ति युभेन्टसले तिर्नु पर्ने सहमति भएको हो ।

सन् २०१८ को जुलाईमा अर्को इटालियन क्लब नापोलीबाट सरी चेल्सी आएका थिए । उनको प्रशिक्षणमा चेल्सीले प्रिमियर लिग फुटबलमा तेस्रो स्थान हात पार्‍यो । त्यस्तै, उनले चेल्सीलाई युरोपा लिग फुटबलको उपाधि दिलाए ।

युभेन्टसका मुख्य प्रशिक्षक मासिमिलियानो एलेग्रीले सिरि ए को उपाधि दिलाएसँगै क्लब छाडेका थिए । नयाँ सिजनका लागि युभेन्टस प्रशिक्षकको नियुक्ति गर्न दौडधुपमा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment