Comments Add Comment

‘बहिनीले बिहे गर्दा मलाई बिहे गर्ने चाहना नै थिएनँ’: कोमल वली

गायिका कोमल वली अहिले सभासद् भैसकेकी छिन् । तर, पनि उनले तीजको अवसर पारेर हरेक बर्ष नयाँ गीत सार्वजनिक गर्ने शैलीलाई भने रोकेकी छैनन् । कोमलले तीजको समयमा सार्वजनिक गर्ने गीतमा प्राय ‘श्रीमान्’को कुरा गर्ने गर्थिन् । तर, उनले अब विस्तारै अन्य सम्बन्धको बिषयमा पनि गीत तयार पार्न थालेकी छिन् ।

कोमलले यो बर्षको तीजमा बहिनी प्रेक्षाको साथमा मिलेर नयाँ गीत सार्वजनिक गर्दैछन् । यो गीतको म्यूजिक भिडियोको छायांकन पनि भएको छ । पवित्रा आचार्यको निर्देशनमा बनेको भिडियोमा कोमल र प्रेक्षाले नै मोडलिङ गरेका छन् । एकनारायण भण्डारीको गीतमा शब्द तथा संगीत छ । रामेश्वर कार्कीले भिडियोको छायांकन गरेका हुन् ।

कोमलले आफूले यो बर्ष बहिनी र दिदीको सम्बन्धलाई मिलाएर गीत बजारमा ल्याउन लागेको बताइन् । एकनारायण भण्डारीले आफू र बहिनीको सम्बन्धकै गीत लेखेको उनले जानकारी दिइन् । बहिनी प्रेक्षा नाच्न सानैदेखि सिपालु थिइन् । स्वर पनि उनको मिठो छ । बहिनीले बिहे गर्दा आफूलाई गरौ भन्ने लागेन भन्ने प्रश्नमा उनले भनिन्–‘होइन, त्यस्तो त सोच नै आएनँ । बहिनीलाई माग्न आउँदा सबै राम्रो लागेर बिहे गरिदिने निर्णय ग¥यौं । मलाई त बिहे गर्नुपर्छ भन्ने लागेको नै थिएनँ ।’

बहिनी प्रेक्षाले भने दिदीले बिहे नगरेर पनि केही फरक नपरेको बताइन् । बिहे गरेर के नै हुन्छ र भन्दै उनले दिदीले बिहे नगर्दा खासै फरक नपरेको तर्क गरिन् । तीजको यो गीतलाई चाडै नै सार्वजनिक गर्ने कोमलको तयारी छ । आफू सभासद् नै भएपनि दर्शक तथा श्रोताका लागि गायिका पनि भएकाले तीजमा गीत सधै नै सार्वजनिक गर्ने गरेको कोमलको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment