Comments Add Comment

कार्यवाहक प्रधानमन्त्री र स्विटजरल्याण्डका राजदूतबीच भेट

Photo Credit : रक्षा मन्त्रालय

३१ जेठ, काठमाडौं । कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल र नेपालस्थित स्विटजरल्याण्डका राजदूत इलिजावेथ भोन क्याप्लरबीच शिष्टाचार भेट भएको छ ।

रक्षा मन्त्रालयमा भएको भेटमा दुई देशबीचको कुटनीतिक सम्बन्ध, आर्थिक, सामाजिक तथा दुई मुलुकबीचको सैन्य सहयोग आदान प्रदान तथा सहकार्यका विषयमा छलफल भएको थियो ।

कार्यवाहक प्रधानमन्त्री पोखरेलले हालै नेपाल राजनीतिक रुपमा संघीयतामा प्रवेश गरेको र कानुनी र प्रशासनिक संरचना निर्माण गर्ने क्रममा रहेको हुँदा स्विटजरल्याण्डबाट सहयोगको अपेक्षा गरेका रक्षा मन्त्रालयले जनाएको छ ।

उनले कृषि, पूर्वाधार, शैक्षिक तथा प्राविधिक शिक्षा एवं पछिल्लो समय स्थानान्तरित जनता ९ःष्नचबतभम उभयउभि० को बारेमा स्विटजरल्याण्डले गरेको योगदानको प्रशंसासमेत गरे । सैन्य क्षेत्रमा स्विटजरल्याण्डले गरेको सहयोगको स्मरण गर्दै कार्यवाहक प्रधानमन्त्री पोखरेलले आगामी दिनमा दुई देशबीच सहकार्यका क्षेत्रलाई फराकिलो बनाउँदै जाने विश्वास व्यक्त गरे ।

राजदूत इलिजावेथले नेपाल र स्विटजरल्याण्डबीचको ६ दशक भन्दा अघि देखिको मित्रतालाई निरन्तरता दिदै नेपालले अघि सारेको आर्थिक विकास र समृद्धिको अभियानमा सहयोग गर्ने बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment