Comments Add Comment

मध्य बाँनेश्वरमा मल्टिप्लेक्स हल खुल्दै

अहिले चलचित्र मात्र राम्रो बनेर हुँदैन । ती चलचित्रलाई देखाउने हल पनि सुविधा सम्पन्न हुन आवश्यक छ । दर्शक अहिले सुविधा सम्पन्न हलमा राम्रै रकम खर्च गरेर चलचित्र हेर्न चाहन्छन् । यसैले पनि अहिले देशभर नै मल्टिप्लेक्स हलको क्रेज बढिरहेको छ ।

यसैविच, काठमाण्डौको मध्य बाँनेश्वरमा २ पर्दाको मल्टिप्लेक्स हल खुल्ने भएको छ । असारको अन्तिमबाट हल संचालनमा आउने बताइएको छ । मध्य बाँँनेश्वरमा रहेको ‘आइ प्लेक्स मल’मा यो हल संचालनमा आउन लागेको हो । मल्टिप्लेक्स हलको नाम ‘वान सिनेमाज्’ राखिएको छ । मलकै संचालकहरुले यो हल संचालन गर्न लागेका हुन् ।

हल संचालक मध्येका एक निर्माता प्रज्ज्वल शमशेशर राणाले भने–‘हो हामीले ४ सय २५ क्षमताको २ पर्दा भएको मल्टिप्लेक्स हल संचालन गर्दैछौ । जसमा २ सय १० र २ सय १५ सिट क्षमताका २ पर्दा छन् ।’ उनका अनुसार, हलमा डबी साउन्ड, फोर के प्रोजेक्शनको साथमा सुविधा सम्पन्न सिट छ । उनले अहिलेसम्म यस्तो आरामदायी सिट अरु हलमा नभएको दाबी समेत गरे ।

बजारमा चलेको टिकट दरमै दर्शकले चलचित्र हेर्न पाउनेछन् । सबै भाषाका चलचित्र हलमा रिलिज गर्ने उनले सुनाए । मध्य बाँनेश्वरमा हल संचालन भएसँगै यो क्षेत्रका दर्शकको अन्य स्थानमा चलचित्र हेर्न जानुपर्ने वाध्यता हट्ने विश्वास हल संचालकहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment