Comments Add Comment

८ माहिनामै बजेट खर्च गरिसक्छौं : मुख्यमन्त्री पोखरेल

२ असार, बुटवल । आर्थिक मामिला मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री शंकर पोखरेलले आठ महिनाभित्रै बजेट खर्च गरिसक्ने दाबी गरेका छन् ।

पोखरेलले आइतबार प्रदेशसभामा ३६ अर्ब ४१ करोडको बजेट पेश गरेका थिए । विपक्षी नेपाली कांग्रेसले बजेट वितरणमुखी भएको आरोप लगाएको छ ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री पोखरेलले आवधिक योजना र नीति तथा कार्यक्रममा आधारित रहेर बजेट बनाइएको बताए ।

चालु आर्थिक वर्षको वजेट ७० प्रतिशत खर्च भएको र संघको अनुदानबाट आएको मध्ये डेढ अर्ब वजेट बढी खर्च गर्न सफल भएको भन्दै उनले आगामी आवको बजेट ८ महिनामै खर्च गरीसक्ने बताए ।
यो पनि पढ्नुहोस प्रदेश ५ सरकारले ल्यायो ३६ अर्ब ४१ करोडको वजेट

मुलुकको अर्थतन्त्र अझै काठमाडौं केन्द्रित रहेके भन्दै उनले प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने बताएका छन् । ‘अहिले सिंगो अर्थतन्त्र काठमाडौं भ्यालीमा थुप्रिएको छ, काठमाडौंले नै डोमिनेट गरेको छ’, उनले भने, ‘काठमाडौं केन्द्रीत अर्थतन्त्रले देशको सन्तुलित विकास हुन सक्दैन । त्यसैले अर्थतन्त्रलाई प्रदेशहरुमा विकेन्द्रीत गर्नुपर्ने अवस्था आइसक्यो ।’ प्रदेश ५ काठमाडौं केन्द्रित अर्थतन्त्रलाई बाहिर ल्याउने गरी अघि बढेको उनले बताए ।

प्रदेश ५ को अर्थतन्त्र जनसंख्याका हिसाबले कमजोर भएको तर, कूल गार्हस्थ उत्पादनका हिसाबले न्य प्रदेश भन्दा अगाडि रहेको स्पष्ट पारे । आउँदो आर्थिक वर्ष कूल गार्हस्थ उत्पादन ८ प्रतिशत पुर्‍याउने लक्ष्य निर्धारण गरिएको र यो पूरा गरेरै छाड्ने बताए ।
यो पनि पढ्नुहोस विपक्षी भन्छन्– प्रदेश ५ को बजेट वितरणमुखी, पहाडमुखी !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment