Comments Add Comment

भारतलाई खेलाडी चोटकै चिन्ता ! भुवनेश्वर पनि घाइते

२ असार, काठमाडौं । उपाधि रक्षा गर्ने लक्ष्यसहित इंग्ल्यान्ड पुगेको भारतीय क्रिकेट टिमले विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै अघि बढिरहेको छ । तर समूह चरणको चार खेल सकिदासम्म दुईजना मुख्य खेलाडी घाइते हुनुले भारतलाई चिन्ता पनि बढेको छ ।

यसअघि मात्रै भारतीय क्रिकेट टिमको ओपनर ब्याट्सम्यान शिखर धवन चोटग्रष्ट हुँदै मैदानबाट बाहिरिएका थिए । यसले भारतलाई निकै असर परेको थियो । फेरि भारतीय क्रिकेट टिमका मुख्य खेलाडी तथा ओपनर बलर भुवनेश्वर कुमार चोटग्रस्त हुँदै करिब तीन खेलसम्म मैदान बाहिर नै रहने भएका छन् । योसँगै भारतलाई खेलाडी घाइते हुनुले पिरोल्न थालेको छ ।

प्लेइङ इलाभेनका मुख्य दुई खेलाडी नै मैदान बाहिर हुनुले भारतलाई ठूलो झड्का समेत लागेको छ ।

पाकिस्तानविरुद्धको खेलमा भुवनेश्वर बलिङ गर्ने क्रममा चोटग्रस्त हुन पुगे । त्यही भएर उनले पूरै ओभर बलिङ गर्न पाएनन् । २.४ ओभर बलिङ गरेका भुवनेश्वरले पाकिस्तानविरुद्ध ८ रन मात्रै खर्चिएका थिए । कप्तान विराट कोहलीको भनाइअनुसार अब उनले अब करिब तीन खेल गुमाउने छन् ।

कप्तान कोहलीले भनेका छन्, ‘बलिङ गर्ने क्रममा उनको खुट्टा चिप्लिएको हो । उनलाई आरामको आवश्यक छ । आशा छ उनी छिट्टै निको हुनेछन् । उनले तीनभन्दा धेरै खेल गुमाउने छैनन् ।’

भुवनेश्वरको स्थानमा अब मोहम्मद शामीले स्थान पाउने छन् । आईपीएलमा निकै लयमा देखिएका शामी विश्वकपमा भने बेन्चमै बस्दै आएका थिए ।

यसअघि शिखर धवनको देब्रे हातको बुढी औंला अष्ट्रेलियाका बलर नाथन कउल्टर नाइलले बलिङ गरेको बाउन्सर बलले लागेर फ्याक्चर भएको थियो । अष्ट्रेलियाविरुद्ध भारतले ३६ रनको जित हात पार्दा धवनले शतकसहित ११७ रन बनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment