+
+
Shares

एकनाथ ढकालले मागे राष्ट्रियसभा सदस्य

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २ गते १२:१२

२ असार, काठमाडौं । परिवार दलले संघीय संसदमा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ ।

परिवार दलका अध्यक्ष एकनाथ ढकालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको माग गरेका हुन् । सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको परिवार दलले जनाएको छ ।

स्रोतका अनुसार प्रधानमन्त्रीसँग भएको भेटमा ढकालले राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । प्रधानमन्त्री ओलीले भने यसबारे दलमा छलफल गर्ने जवाफ दिएका छन् ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि भेटेर ध्यानाकर्षण गराउने कार्यक्रम रहेको ढकालले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?