+
+
Shares

नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग आज पनि बन्द

वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

रासस रासस
२०८३ असोज ९ गते १८:१७

९ असोज, चितवन । वर्षाका कारण नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गको चितवन खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।

बिहीबार साँझ ८ बजेदेखि ती दुवै सडक पहिरोका कारण अवरुद्ध भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक(एसपी) रामेश्वर पौडेलका अनुसार ठाउँठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो ।

सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ ।

दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।

सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?