Comments Add Comment

सलमान भन्छन्–‘मेरो फिल्ममा हिरोइनको अंगप्रदर्शन हुँदैन’

चलचित्र ‘एक था टाइगर’को छायांकनमा नायक सलमान खानले नायिका कट्रिना कैफलाई झापड हाने । कट्रिनाले छोटो लूगा लगाएको भन्दै सलमानले उनीमाथि हात हालेका थिए । सलमानको यो व्यवहार आलोचित पनि भयो ।

सलमानलाई आफू अभिनित चलचित्रमा नायिकाले छोटो लूगा लगाएको, अंगप्रदर्शन गरेको मन पर्दैन । उनले चलचित्रको पर्दामा चुम्बन पनि नगर्ने बताउँदै आएका छन् । यो बिषयमा नायक सलमान खानले एक अन्र्तवार्तामा आफ्नो भनाई समेत राखेका छन् । उनले भने–‘मलाई मेरो चलचित्रकी नायिकाले अंगप्रदर्शन गरेको मन पर्दैन । चलचित्रमा मैले अंग प्रदर्शन गर्ने हो ।’

सलमान आफ्नो चलचित्रमा नायिका बन्न आउने जो कोहीले पनि यस कुरामा पहिला नै ध्यान दिन आवश्यक रहेको सुनाउँछन् । उनले अगाडि भने–‘मेरो कुनै पनि चलचित्रमा अंग प्रदर्शन गर्नुपर्ने दृष्य हुँदैन । त्यो कुरा नायिका बन्न आउने जो कोहीले पनि पहिल्यै बिचार गर्नुहोला ।’

नायक सलमान खान भने आफ्नो चलचित्रमा टिसर्ट खोल्न माहिर छन् । कुनै न कुनै तरिकाले उनले चलचित्रको पर्दामा टिसर्ट खोल्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment