Comments Add Comment

सारा र इशानको जोडी पर्दामा

चलचित्र ‘सिम्बा’बाट निकै चर्चा कमाएकी नायिका साराअली खानको क्रेज अहिले लोभलाग्दो बनिसकेको छ । उनको व्यस्ता पनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । हाल सारा चलचित्र ‘लभ आजकल २’को छायांकनमा व्यस्त छिन् । यो चलचित्रमा साराले आफ्नो ‘क्रस’ कात्तिक आर्यनसँग रोमान्स गरिरहेकी छिन् ।

यस्तैमा साराले नयाँ चलचित्रमा काम गर्ने समाचार बाहिरिएको छ । बलिउड मिडियालाई आधार मान्ने हो भने साराले ‘भारत’ निर्देशक अली अब्बास जफरको प्रोडक्सन हाउसबाट बन्ने चलचित्रमा काम गर्ने पक्का भएको छ । यो चलचित्रका लागि सारको जोडी भएर काम गर्न इशान खट्टर तयार भएका छन् ।

‘धडक’मा काम गरेर निकै चर्चामा आएका ईशानको पनि राम्रो क्रेज बनिसकेको छ । ‘धडक’मा ईशानको कामको तारिफ राम्रै भएको थियो । यो चलचित्रमा ईशानले जान्वी कपूरसँग जोडी बाधेका थिए ।

सारा र ईशानको रोमान्स रहने चलचित्रको नाम भने पक्का भइसकेको छैन । अली अब्बासको व्यानरमा निर्माण भएपनि यो चलचित्रलाई उनले निर्देशन भने गर्ने छैनन् । उनले आफ्नो सहायक निर्देशकलाई यो चलचित्रको निर्देशकिय जिम्मा दिने तयारी गरिरहेका छन् । अबको केही दिनमा नै यो चलचित्रको औपचारिक निर्माण घोषणा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment