Comments Add Comment

कंगनाको आरोप–‘करणले पैसा खुवाएर मेरो फिल्मलाई ‘झुर’ भन्न लगाए’

बलिउड नायिका कंगना रनावतको विवादस्पद छविले उनलाई सधै चर्चामा ल्याउने गर्दछ । कंगना रनावतले बलिउडका अन्य कलाकारसँग दुश्मनी मोल्न कहिले छाडेकी छैनन् । कंगनासँगै उनको बहिनी पनि अरुलाई आरोप लगाउन र तर्क गर्न सिपालु छिन् । केही समय अगाडि मात्रै बहिनी रंगोलीले कंगनाले बलिउडका हस्तीहरुको चलचित्र छोडेको तर्क दिएकी थिइन् । उनले कंगनालाई हिरोको उपमा पनि दिएकी थिइन् ।

योसँगै ऋतिक रोशनसँगको झगडाले पनि कंगनालाई चर्चामा ल्याइरहेको हुन्छ । उनीहरु बीचको दुश्मनी पनि पुरानो भइसक्यो । केही दिन अगाडि रंगोलीले ऋतिकले कंगनासँग माफी मागिसकेको बताएकी थिइन् । कंगना र निर्माता करण जोहरको दुश्मनी पनि अब पुरानो भैसक्यो । कंगनाको निशानामा करण पनि सधै पर्ने गर्दछन् । कंगनाले एक अन्र्तवार्तामा करणले पैसा खुवाएर आफ्नो चलचित्रलाई नराम्रो भन्न लगाएको आरोप लगाएकी छिन् ।

चलचित्र ‘मर्णिकर्णिका’को समयमा करणले यस्तो गरेको उनको आरोप छ । उनले भनेकी छिन्–‘यहाँ मलाई हरेक पाइलामा लडाउन खोजिन्छ । मेरो चलचित्र ‘मर्णिकर्णिका’को समयमा त करण जोहरको टिमले पैसा दिएर चलचित्रको बारेमा नराम्रो लेख्न लगाएका थिए ।’ कंगनाको यो कुरामा करण जोहरले कुनै उत्तर फर्काएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment