Comments Add Comment

यी हुन् दुनियाँकै महँगा जिन्स, मूल्य १३ करोडसम्म

तपाईंले अहिलेसम्म कतिसम्म महँगो जिन्स लगाउनु भएको छ ? के विश्वका सबैभन्दा महँगा जिन्सका बारेमा तपाईंलाई थाहा छ ? छैन भने आउनुहोस् विश्वका सबैभन्दा महँगा केही जिन्सका बारेमा जानौँ ।

१. सेभेन फर अल म्यानकाइन्ड : यो जिन्स प्यान्टको ब्राण्ड हो । यो जिन्स आफ्नो फिटिङ्गका लागि चर्चित छ । उक्त ब्राण्डको एउटा जिन्स पाइन्टको मूल्य २४८ डलर पर्दछ ।

२. अर्नेट सिओ कस्टमः यो ब्राण्डको जिन्सको प्रतिगोटा मूल्य १ हजार डलर सम्म पर्दछ ।

३.रोबर्टो केभेली : हलिउड कलाकारहरुका बीचमा यो जिन्स लोकप्रिय छ । यसमा जडित पत्थरहरुका कारण यो ब्राण्डको जिन्स चर्चित छ । यो जिन्सको मूल्य ११ सय ९९ डलर पर्दछ ।

४. डोल्चे एण्ड गबेना : यो जिन्सको विशेषता भनेको एउटा पछाडि पट्टिको गोजीमा गुलाबी प्याच हुन्छ र त्यसमा सुनको लोगो पनि लगाइएको हुन्छ । यो ब्राण्डको सबैभन्दा महंगो जिन्सको मूल्य १२ सय डलर पर्दछ ।

५. गूची : यो ब्राण्डको नाम त तपाइँले सुन्नुभएकै होला । गूची ब्राण्डको जिन्सको सबैभन्दा महंगो प्रकारको मूल्य ३१ सय डलर सम्म पर्दछ ।

६. एपो जिन्स : यो ब्राण्डको जिन्सको विशेषता भनेको यसमा रेशमको गोजी हुन्छ र बटन सुन वा प्लाटिनमको हुन्छ । यसको एउटा जिन्सको मूल्य ४ हजार डलर सम्म पर्दछ ।

७. एस्केडा : यो ब्राण्डको जिन्सको मूल्य १० हजार डलर सम्म पर्दछ ।

८. लिभाइस स्ट्रस एण्ड को ५०१ : यो लोकप्रिय अमेरिकी ब्राण्ड हो जुन आधुनिक प्रिन्ट तथा विशेषताका साथ आफ्नो पूरानो शैलीका लागि चर्चित छ । यो ब्राण्डको सबैभन्दा महंगो जिन्सको मूल्य ६० हजार डलर सम्म पर्दछ ।

९. डसाल्ट एपारेल थ्रेस्ड डेनिम : यो ब्राण्डको जिन्सको मूल्य प्रतिगोटा दुई लाख ५० हजार डलर सम्म पर्दछ ।

१०. सेक्रेट सर्कस : यो विश्वकै सबैभन्दा महंगो जिन्स हो । यसको पछाडिको गोजीमा हिरा जडित हुन्छ । यो जिन्सको मूल्य प्रतिगोटा १३ लाख डलर अर्थात् १३ करोड रुपैयाँ भन्दा धेरै पर्दछ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment