Comments Add Comment

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने २ जना पक्राउ

Photo Credit : कलंकी मालपोत कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्वीर : चन्द्र आले/अनलाइनखबर

४ असार, काठमाडौं । कलंकी मालपोत कार्यालयमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले कालो झण्डा देखाएका छन् । कालो झण्डा देखाउने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेको नाम सार्वजनिक गरिएको छैन । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार पक्राउ परेकालाई अहिले महानगरीय प्रहरी वृत्त, कालिमाटीको हिरासतमा राखिएको छ ।

‘नमूना’ भनिएको कलंकी मालपोत कार्यालय उदघाटनका लागि प्रधानमन्त्री ओली बुधबार बिहान त्यहाँ पुगेका थिए । पूर्वनिर्धारित समय १० बजेभन्दा झण्डै एक घण्टा ढिलो पुगेका प्रधानमन्त्री ओलीलाई मालपोत कार्यालय परिसरमै केही व्यक्तिहरुले कालो झण्डा देखाएका थिए ।

उनीहरुलाई प्रहरीले बल प्रयोग गरेर नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुको परिचय खुलेको छैन ।

मालपोत कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सन् २०२० मा २० लाख विदेशी पर्यटक भित्राउने लक्ष्य सरकारले लिए पनि नेपालको सम्भावना एक करोड पर्यटक भित्राउने रहेको बताए । त्यसका लागि प्रविधिको सहारा लिँदै अझै धेरै काम गर्न आवश्यक रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment