Comments Add Comment

शिल्पा र साराको एउटै समस्या

शिल्पा मास्के चलचित्र क्षेत्र राम्रैसँग वुझेकी नायिका हुन् । चलचित्रमा टिकटक र युटुबमा भाइरल भएका व्यक्तिहरुलाई खेलाएर कलाकारिताको अपमान भएको भन्दै उनले दिएको बयान चर्चामा छ । नायिका शिल्पा मास्केको कुरा सुन्दा उनी चलचित्र क्षेत्रलाई राम्रोसँग वुझेकी छिन् भन्ने लाग्छ ।

तर, शिल्पालाई चलचित्र हिट नहुँदा समस्या भएको छ । उनले अभिनय गरेका २ वटा चलचित्रले बक्स अफिसमा सफलता नपाउँदा उनी हिट हुन सकेकी छैनन् । उनलाई दर्शकले पनि नोटिस गरेका छैनन् । उनी अभिनित डेब्यू चलचित्र ‘दि ब्रेकअप’ र दोश्रो चलचित्र ‘कागजपत्र’ बक्स अफिसमा असफल भए ।

अब, उनी अभिनित नयाँ चलचित्र ‘सानो मन’ रिलिजको तयारीमा छ । यो चलचित्रबाट उनी आशावादी छिन् । नायक आयुष्मान देशराज जोशीसँग पर्दा शेयर गरेकी शिल्पाका लागि यो चलचित्र चल्न आवश्यक छ । शिल्पाको जस्तै समस्या नायिका सारा सिर्पालीमा पनि देखिएको छ ।

साराले अभिनय गरेका कुनै पनि चलचित्र नचल्दा उनी समस्यामा छिन् । उनी चलचित्र क्षेत्रमा चल्नुपर्छ भन्ने सोच त धेरैले राख्छन्, तर उनी अभिनित चलचित्र नचल्दा उनी पनि समस्यामा छिन् । उनी अभिनित पछिल्लो चलचित्र ‘सुश्री सम्पत्ती’ बक्स अफिसमा असफल भएपछि उनलाई समस्या भयो ।

सारा र शिल्पामा देखिएको एउटै समस्या हो, उनीहरुले चलचित्र छान्न जानेनन् । चलचित्र क्षेत्रमा चल्नका लागि ब्यानर, सह–कलाकारदेखि धेरै कुरामा ध्यान दिन आवश्यक छ । सारा र शिल्पामा यो कुरामै समस्या देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment