Comments Add Comment

समाजवादी पार्टी र राजपाबीच फेरि सुरु भयो एकता वार्ता

८ असार, जनकपुरधाम । तत्कालीन संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकीकरण भएपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु विच्किए ।

आफूसँग एकताका लागि वार्ता गरिरहेको फोरम एकाएक नयाँ शक्तिसँग एकता गरेपछि उपेन्द्र यादवसँग राजपा नेताहरु चिढिएका थिए ।

तर समाजवादी पार्टी र राजपाका नेताहरुले फेरि एकीकरणबारे सम्वाद सुरु गरेका छन् । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राजपाका अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोबीच पछिल्लो पटक जनकपुरधाममा कुराकानी भएको छ ।

यसअघि काठमाडौंमा समाजवादीका अध्यक्ष डा. बाबुराम भट्टराई राजपा नेताहरुबीच पनि कुराकानी भएको थियो । ‘औपचारिक वार्ता त भएन होइन तर, अनौपचारिक संवादहरु भइरहेको छ’ समाजवादीका एक नेताले भनेका छन् ।

राजपा निकट स्रोतले आगामी कात्तिक महिनाभित्रै पार्टी एकीकरण हुने सक्ने दाबी गरेको छ । सरकारले संविधान संशोधनलाई गौण राख्न खोजेकाले वैकल्पिक शक्ति निर्माण गरी आन्दोलन गर्न पार्टी एकता गर्न लागिएको स्रोतको दाबी छ ।

राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महताले भने एकताबारे कुराकानी सुरु भएको बताएका छन् । उनले भने, ‘जति चाँडो मिल्छ, त्यत्ति छिटो एकीकरण हुन्छ ।’

देशमा वैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यक देखिएको भन्दै उनले त्यो आवश्यक्ता परिपूर्ति गर्न आफूहरु लागिपरेको बताए । सरकार आफ्नै तरिकाले चलिरहेको बताउँदै उनले संविधान संशोधनसहित देशमा बढेको भ्रष्टाचार, हत्या, हिंसाबिरुद्व एउटै मोर्चा बनाएर राष्ट्रिय आन्दोलन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment