Comments Add Comment

सुदूरपश्चिमको प्रदेशसभा बैठक आज पनि स्थगित

८ असार, कैलाली । सुदूरपश्चिम प्रदेशसभाको बैठक पुनः दोस्रो पटक पनि स्थगित भएको छ ।

सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको बजेटमा असन्तुष्टि जनाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले अवरोध सिर्जना गर्ने देखिएपछि आइतबारका लागि बोलाइएको बैठक स्थगित गरिएको हो ।

यसअघि बजेटमा असन्तुष्टि जनाउँदै कांग्रेस र राजपाले रातो किताब जलाएका थिए ।

सूचना टास गर्दै प्रदेशसभा सचिवालयले अर्को बैठक आउँदो असार ११ गते बिहान ८ बजे बस्ने गरी स्थगित गरिएको जनाएको छ ।

यसअघि गत असार ५ गतेको प्रदेशसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाले बजेटमाथि असन्तुष्टि जनाउँदै अवरोध सिर्जना गरेपछि सभामुखले असार ७ गते सम्मका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिपक्षी दलका सांसदले बजेट संशोधन हुुनुपर्ने माग गरेपनि सरकार संशोधन गर्ने पक्षमा देखिएको छैन । आर्थिक मामिला तथा अर्थमन्त्री झपटबहादुर बोहोराले बजेट सन्तुलित रहेकाले कुनै पनि हालतमा संशोधन नहुने बताए ।

सुदूरपश्चि प्रदेश सरकारले आर्थिक वर्ष ०७६/७७ का लागि असार १ गते २८ अर्ब १६ करोड २० लाख ३५ हजारको बजेट ल्याएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment