+
+
Shares

न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाले ढिलाइ

अनलाइनखबर अनलाइनखबर
२०७६ असार ११ गते १५:१५

११ असार, काठमाडौं । विश्वकप क्रिकेटमा पाकिस्तान र न्युजिल्यान्डबीचको खेल मैदान ओसिलो भएका कारण ढिला भएको छ ।

इंग्ल्यान्ड र वेल्समा जारी विश्वकप क्रिकेटमा पाकिस्तान र युजिल्यान्डबीचको खेल हुनुभन्दा पहिले भएको वर्षाको कारण खेल सुरु हुने बेलामा पनि टस भएको छैन । खेल केही ढिलो गरि सुरु हुने अनुमान गरिएको छ ।

यता, पकिस्तानलाई भने पानीको चिन्ता लाग्न थालेको छ । पाकिस्तानले आफ्नो अगाडिको यात्रालाई कायमै राख्ने हो भने आजको खेल जित्नै पर्ने हुन्छ । तर वर्षाको कारण रद्द भए पाकिस्तानलाई प्रत्यक्ष रुपमा घाटा हुनेछ ।

पाकिस्तान भने ६ खेलबाट दुई खेलमा जित, तीन खेलमा हार र एक खेलमा वर्षाको कारण अंक बाँड्दै पाँच अंकका साथमा लिगको सातौ स्थानमा छ ।

न्युजिल्यान्ड सेमिफाइनल यात्राबाट एक कदम मात्रै पछि रहेको छ । यदी आजको खेलमा पाकिस्तानलाई न्युजिल्यान्डले पराजित गरेमा सेमिफाइनलमा स्थान सुरक्षित गर्नेछ ।

६ खेलबाट पाँच खेलमा जित र एक खेलमा वर्षाको कारण अंक बाँडेको न्युजिल्यान्ड ११ अंकका साथमा अंक तालिकाको दोस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?