Comments Add Comment

लन टेनिस खेलाडीको विदाइ

११ असार, बुटवल । बुटवलका लन टेनिस खेलाडीहरुलाई अन्तराष्ट्रिय टेनिस प्रशिक्षणका लागि बिदाइ गरिएको छ ।

एक समारोहका बीच बुटवल उपमहानगरपालिकाका ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवाली, रुपन्देही टेनिस संघका उपाध्यक्ष मनोजकुमार बस्नेत, रुपन्देही टेनिस क्लबका कोषध्यक्ष सञ्जय प्रकाश श्रेष्ठले प्रशिक्षक विकास खड्का र खेलाडीको विदाइ गरेका हुन् ।

बुटवल देवीनगरस्थित लन टेनिस खेल प्रशिक्षण गर्दै आएका १४ वर्षमुनिका ६ जना खेलाडीहरु थाईल्याडको नथ्यापुरीमा ७ दिन प्रशिक्षण लिने छन् । खेलाडीहरु आयुश गुरुङ, प्रिति गौतम, विकास पाण्डे, रोहित रानाभाट, शाहिल थापा, शलिना गौचन जुलाई १ देखि ७ गतेसम्म थाइल्याडमा रहनेछन् ।

वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले खेलकुदमा टेनिसबाट बुटवललाई राष्ट्रिय, अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल भएको भन्दै नगरबाट नीतिगत रुपमा पहल थाल्ने बताए ।

बुटवल लन टेनिस क्लबका अध्यक्ष गोपाल ज्ञवालीले खेलकुदको विकासमा स्थानीयस्तरबाट लगानी भएको बताए । देवीनगरस्थित लनटेनिस कोर्टमा २५ जना खेलाडीहरु तालिम लिदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment