+
+
Shares

उपमेयर कप फुटबलको उपाधि विराटनगरलाई

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १२ गते १४:३२

१२ असार, काठमाडौं । विराटनगर महानगरपालिकाले उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

हलचोकस्थित शसस्त्र प्रहरी बल एपीएफको मैदानमा विहीबार भएको फाइनल खेलमा बाह्रबिसे नगरपालिकालाई पेनाल्टीमा ४–१ ले हराउँदै विराटनगरले उपाधि जितेको हो । विजेता विराटनगरले ट्रफिसँगै पाँच लाख रुपैयाँ नगद प्राप्त गरेको छ । यता, उपविजेता बाह्रविसेले भने तीन लाख पाएको छ ।

दुबै टिमले ९० मिनेटको समयसम्म १–१ गोलको बराबरी खेलेका थिए । दुबै टिमले बराबरी खेलेपछि उपाधिको छिनोफानो पेनाल्टीबाट लागेको हो । सम्झना लावतीले २७ औं मिनेटमा गोल गर्दै बाह्रविसेलाई अग्रता दिलाएकी थिइन् ।

पहिलो हाफमा लिएको अग्रतालाई बाह्रविसेले दोस्रो हाफमा पनि निरन्तर राख्न सफल भएन । खेलको ४७औं मिनेटमा जमुना मगरले गोल गर्दै विराटनगरलाई १–१ गोलको बराबरी दिलाएका थिए ।

Results

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?