Comments Add Comment

ग्रीन टी ब्यागका फाइदै फाइदा

त्यस्ता व्यक्ति कमै होलान्, जो दिनको शुरुआत चिया अथवा कफिबाट गर्न चाहाँदैनन् । बिहानको चियाले तपाईंलाई दिन भरि नै ताजा अनुभव गराई राख्छ । चिया पिउनका लागि हिजोआज घरमा समेत प्राय टी ब्यागको प्रयोग गर्न थालिएको छ ।

मानिस दिन भरिमा ३ अथवा ४ पटक चिया पिउने गर्छन् । त्यसक्रममा चिया बनाउनको लागि प्रयोग हुने टी ब्याग डस्टबिनमा फ्याँकिदिन्छन् । तपाईं हामीले त्यसरी फाल्ने टि ब्याग अन्य कुरामा प्रयोग हुन सक्छ भन्ने बारेमा धेरैलाई थाहा नहुन सक्छ । ग्रीन टी होस अथवा ब्ल्याक टी, दुबै टी ब्याग तपाईं अन्य कुराको लागि पनि प्रयोग गर्न सक्नु हुन्छ ।

तपाईले प्रयोग गरिसकेको ग्रीन टी ब्यागको प्रयोगले तपाईंको अनुहार सुन्दर र आकर्षक बनाउन सक्छ भन्ने कुरा तपाईलाई थाहा नहुन सक्छ । प्रयोग भैसकेकेा टी ब्यागले कसरी तपाईको सुन्दरता बढाउन मद्दत गर्छ भन्ने जानकारी तल दिइएको छ ।

प्रयोग भैसकेकेा ग्रीन टी ब्यागले अनुहारको लागि राम्रो स्क्रबको काम गर्छ । ग्रीन टी ब्यागको स्क्रब एउटा एक्सफोलिएटिङ स्क्रब हो । जसले अनुहार कसिलो बनाउनुको साथै प्राकृतिक रुपमा अनुहारमा ग्लो पनि बढाउँछ ।

त्यसैले यो अनुहारको लागि राम्रो मानिन्छ । अनुहारमा स्क्रब गर्नका लागि प्रयोग भैसकेको ग्रीन टी ब्यागमा अलिकति चिनीको र पानी मिसाउनुहोस् र यसले अनुहारमा स्क्रब गर्नुहोस् । टी ब्यागलाई फ्रेस राख्का लागि यसलाई फ्रिजमा राख्न सक्नुहुन्छ । चियापत्तीमा मृत छाला हटाउने खुबी पनि हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ । चियापत्तीले अनुहारको चिल्लोपना पनि कम गर्ने भएकोले चियापत्तीलाई धेरै ब्यूटी प्रोडक्टमा पनि प्रयोग गरिन्छ ।

टी ब्यागलाई सुन्दरताको लागि मात्र नभइ औषधीको रुपमा पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईलाई खुट्टा दुख्ने अथवा सुनिने समस्या छ भने प्रयोग भैसकेको टी ब्यागलाई मनतातो पानीमा डुबाउनुहोस् । यसो गर्दा तपाईंको खुट्टा दुखाइ र सूजनको समस्या पनि कम हुन्छ ।

आँखाको लागि उपयोगी

प्रयोग भैसकेकेा टी ब्याग आँखाको सुन्दरता बढाउनका लागि पनि प्रयोग गर्न सकिन्छ । यदि तपाईको आँखाको तल सुन्निने समस्या छ भने ग्रीन टी ब्यागले तपाईको यो समस्या समाधान गर्न सहयोग गर्छ ।  यसको लागि प्रयोग भैसकेकेा टी ब्यागलाई केहि क्षण फ्रिजमा राख्नुहोस् र चिसो भएपछि आँखाको तल्लो भागमा राख्नुहोस । यसो गर्नाले ग्रीन टीमा भएको टेनिनले सुन्निएको कम गर्नुको साथै छाला कसिलो बनाउँछ ।

कपाल चम्काउन टी ब्यागको प्रयोग

ग्रीन टी ब्याग छाला संग-संगै कपालको लागि पनि फाइदाजनक छ । यसको लागि केही ग्रीन टी ब्यागलाई पानीमा उमाल्ने र रातभरी यसलाई त्यतिकै छाडिदिने । भोलीपल्ट त्यो पानी कपालमा राम्रोसंग लगाउने र १० मिनटको लागि त्यसै छाडिदिने । १० मिनटपछि कपाल पखाल्ने । यसो गर्दा तपाईको कपाल चम्किलो हुन्छ । त्यस्तै प्रयोग भैसकेको ग्रीन टीलाई कन्डिसनरको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

डण्डिफोर हटाउन ग्रीन टी

के तपाई अनुहारमा डण्डिफोर आएर हैरान हुनु हुन्छ ? हुनुहुन्छ भने ग्रीन टी ब्यागले तपाईको समस्या हटाउन सक्छ  । ग्रीन टीमा अत्याधिक मात्रामा एन्टिअक्सीडेन्ट हुन्छ , जसले डण्डिफोरको ब्याकटेरियालाई नष्ट गर्छ । अनुहारको डण्डिफोर हटाउनका लागि प्रयोग भैसकेको टी ब्यागलाई चिसो बनाएर अनुहारमा लगाउनुहोस् । यसो गर्दा डण्डिफोरको समस्या कम हुन्छ र डण्डिफोरका पुराना दाग पनि हट्छन् ।

यसरी हामी प्रयोग भैसकेका ग्रीन टी ब्यागलाई पनि हाम्रो सुन्दरता र स्वास्थ्यको लागि प्रयोग गर्न सक्छौ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment