Comments Add Comment

भारतविरुद्ध जोनी बैरस्टोवको शतक, ठूलो स्कोरतर्फ इंल्यान्ड

१५ असार, काठमाडौं । भारतविरुद्ध इंग्ल्यान्डका जोनी बैरस्टोवले शतक बनाएका छन् ।

विश्वकप क्रिकेटअन्तर्गत जोनीले ९० बलमा शतक बनाएका हुन् । उनले ८ चौका र ६ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् ।

उनको यो जारी विश्वकपमा पहिलो शतक हो । शतक बनाउने क्रममा उनले ज्यासन रोयसँग १६० रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई राम्रो सुरुवात दिलाए । रोय भने ६६ रनमा आउट भए ।

टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले उत्कृष्ट प्रदर्शन गरेको छ । आजको खेलमा भारतलाई पराजित गरेमा इंग्ल्यान्डको सेमिफाइनल पुग्ने सम्भावना बलियो बन्ने छ । तर, हारेमा उसको सेमिफाइनल पुग्ने सम्भवना न्युन हुनेछ ।

आजको खेलमा भारतले जित हात पारेको खण्डमा भने सेमिफाइलनमा स्थान सुरक्षित गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment