Comments Add Comment

जन्मदिनमा किरण केसीलाई आँप र केरा उपहार

निर्माता, कलाकार तथा समाजसेवी किरण केसीले आफ्नो जन्मदिन मनाएका छन् । असार १५ मा चलचित्रकर्मी र पत्रकारलाई बोलाएर उनले दहि चिउरा खुवाएर जन्मदिन मनाएका हुन् । केसीको जन्मदिनमा शुभकामना दिनका लागि हाँस्य क्षेत्रका अधिकांश कलाकार उपस्थित थिए ।

कलाकार मदनकृष्ण श्रेष्ठ, दिपकराज गिरी, दीपाश्री निरौला, शिवहरि पौडेल, केदार घिमिरे, जितु नेपाल, नायक भूवन केसी, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नायिका करिश्मा मानन्धर लगायतले उनलाई जन्मदिनको शुभकामना दिए ।

केसीले आफ्नो जन्मदिनको अवसर पारेर एक जना चलचित्रकर्मी र एक जना रंग पत्रकारलाई सम्मान समेत गरे । सम्मानित हुनेमा कलाकार राजाराम पौडेल र पत्रकार अनन्त वाग्ले छन् । उनीहरुलाई जनही १० हजार नगद र सम्मानपत्रसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा उपस्थित अधिकांशले किरणको व्यक्तित्वको बारेमा चर्चा गरेका थिए । रेडियो अडियो टिमले भने उनको जन्मदिनमा केक काट्दै आँप र केरा उपहार दिएका थिए । कलाकार किरण केसीले हरेक बर्ष जन्मदिनमा पाउने मायाले आफू भाग्यमानी भएको खुलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment