
काठमाडौं । इंल्याण्डका अलराउण्डर मोइन अलीले आइतबार भारतविरुद्ध मैदान उत्रिँदा विराट कोहलीले विकेट लिने लक्ष्य बनाएका छन् ।
विश्वकपमा इंल्याण्डको अब दुई खेल बाँकी छ र सेमिफाइनलमा स्थान सुरक्षित गर्न बाँकी दुबै खेल जित्नुपर्ने दबाव छ ।
मोइन अलीले आईपीएलमा बिराटको कप्तानीमा रहेको टिमबाट खेलेको अनुभव लिन सक्छन् । उनी पनि रोयल च्यालेन्जर्स बैंग्लोरका कप्तानविरुद्ध बलिङ गर्ने चुनौतीका लागि तयार छन् ।
द गार्डियनमा एक आलेखमा अलीले लेखेका छन्, ‘हामी एकअर्कालाई यू–१९ देखि नै जान्छौ. तर पछिल्लो दुई वर्ष बैंग्लोरबाट खेल्दा निकै राम्रो साथी बन्यौं ।’
‘बिराटलाई थाहा छ कि उनको काम भारतका लागि रन बनाउनु हो । मेरो काम उनलाई आउट गर्नु (हुनेछ (या आफूले पनि रन बनाउनु हुनेछ) । बिराट जस्ता खेलाठडीलाई आउट गर्नु ठूलो सफलता हुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4