Comments Add Comment

वर्षायाममा गरगहनाको प्रयोगः केही ख्याल गर्ने कि ?

मध्य वर्षायाम छ । वर्षायामसँग गहनाको के सम्बन्ध होला ?

हामीलाई थाहै छ, परम्परादेखि नै गहना नारीको श्रृंगार मात्र नभएर नारीको मान र प्रतिष्ठाको विषय पनि रहँदै आएको छ । एउटी नारीलाई त्यसबेला पूर्ण सुन्दर देखिन्छ, जब उनी गहनामा सजिन्छिन् । गहनाले नारीको जीवनमा महत्वपुर्ण भुमिका खेल्ने भएकोले होला प्राचिन समयदेखि नै गहनाहरुमा अनेक मणि, रत्न, हिरा, मोतिजस्ता बहुमुल्य वस्तुको प्रयोग हुँदै आएको छ ।

गहना नारीको लागि अति नै महत्वपुर्ण कुरा हो । हरेक विवाह र पार्टीहरुमा नारीलाई आकर्षक देखाउन गहनाले महत्वपुर्ण भुमिका खेलेको हुन्छ । एउटी नारीको श्रृंगार त्यो बेला पुरा हुन्छ जब उनी गहनामा सजिन्छिन् । प्राचिन कालमा जस्तो भारी गहनाको प्रयोग हिजोआज नभएता पनि गहना नारीको लागि नभइ नहुने अमुल्य धातु हो ।

यो हरेक अवसर, समय र मौसममा आवश्यक पर्छ । त्यसैले यसको ध्यान राख्नु पनि उत्तिकै आवश्यक छ । बर्षायाममा त झन् गहनाको विशेष ध्यान राख्नु पर्छ ।

गहनालाई सफा राख्नु अनिवार्य

गहनाको चमक बनाइराख्नका लागि त्यसलाई राम्ररी सफा गरेर तथा सुख्खा पारेर राख्नु पर्छ । नेक्लेस, औंठी, ब्रासलेट, ईयर रिङ अथवा हरेक प्रकारका गरगहनाहरुलाई कुनै क्रिम, लोशन, तेल अथवा पानीले सफा गरेर राख्नु पर्छ ।

ती गहना लगाउनु भन्दा अघि त्यसमा क्रिम अथवा परफ्यूम लगाउन बिर्सनु हुँदैन । सबै गहनाहरुलाई अलग-अलग बक्समा राख्नु पर्छ ताकि तीनको रंग एक-अर्कासंग मिसिएर खराव नहोस् । यदि तपाईंले चाहानु हुन्छ भने एउटा ठूलो बक्समा अलग-अलग गहनाको स-साना बक्स पनि राख्न सक्नु हुन्छ ।

गहनालाई सतर्कताका साथ राखौं

आफ्ना फेसनेवल गरगहनाहरुलाई कुनै सुरक्षित स्थानमा राख्नु पर्छ । नेक्लेसलाई त्यसको हुकमा छिराएर राख्नु पर्छ, ताकि कुनै पनि गहना एक-अर्कासँग नटाँस्यिोस् । कुनै-कुनै महंगा गहनाहरुलाई त एक-अर्कासँग स्पर्श हुनै दिनु हुँदैन । त्यसो भएमा गहनामा खराबी आउन सक्छ ।

लगाइसकेपछि सफा गर्नै पर्छ

कहिले-काहीँ औंठी, ईयर रिङ तथा नेक्लेस लगाइ सकेपछि त्यसमा साबुन, तेल अथवा परफ्यूम लाग्न सक्छ । त्यसले गर्दा गहनामा कालोपना आउन सक्छ अथवा त्यसको चमक जान सक्छ । त्यसबाट बच्नका लागि गहना लगाइसकेपछि त्यसलाई राम्ररी सफा गर्न बिर्सनु हुँदैन ।

गहना लगाएर सुत्ने गल्ती नगरौं

राती सुत्नु भन्दा पहिला सबै गहना फुकाल्नु पर्छ । यदि तपाईंले सुत्नु भन्दाअघि गहना फुकाल्नु भएन भने तपाईंको यो लापरवाहीले गहना बिग्रन सक्छ । त्यसले गर्दा गहना चुँडिन अथवा टुक्रिन पनि सक्छ । अर्कोतिर गहना लगाएर सुत्दा छाला समेत कोरिन सक्छ ।

मनसूनमा गहनालाई ओसिलो ठाउँमा राख्नु गल्ति गर्नु हुँदैन । यदि तपाईंको गहना नक्कली नै छ भने पनि त्यसलाई सुतीको कपडामा प्याक गरेर राख्नु पर्छ अन्यथा यो मनसुनमा ती गहनाहरु कालो देखिन थाल्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment