Comments Add Comment

बलिउड अभिनेत्रीको ब्युटी सेक्रेटः कसरी आकर्षक देखिन्छन् ?

बलिउड अभिनेत्रीहरु फिल्ममा मात्र होइन, अफस्त्रिmन पनि उत्तिकै चमकदमकपूर्ण जीवन विताइरहेका हुन्छन् । उनीहरुको सुडौल शरीर, चम्किलो अनुहार, उस्तै मिलेको पहिरनबारे चर्चा परिचर्चा भइरहन्छ ।

बलिउड अभिनेत्रीले आफुलाई आकर्षक र जवान राख्नका लागि के गर्छन् होला ?

क्यामेरा अघिल्तिर मेकअपले ढाकछोप गरेर मात्र उनीहरुले आफुलाई राम्री देखाएका हुन् ? पक्कै होइन । उनीहरु वास्तविक जीवनमा पनि आफ्नो सौन्दर्यलाई कायम राख्न र जवान रहनका लागि प्रशस्तै मेहनत गर्छन् ।

कुनैबेला सोनाक्षी सिन्हा ९० केजी तौलकी थिइन् । मोटी एवं भद्दा । तर, जब सलमान खानले उनलाई ‘हिरोइन बनाउने’ सर्त अघि सारे, तब सोनाक्षीले ३० केजी तौल घटाइन् । त्यसपछि उनले आफ्नो शरीरलाई फिट एन्ड फाइन राख्न अविछिन्न मेहनत गरिरहेकी छिन् ।

त्यसो त अधिकांश बलिउड अभिनेत्रीले आफुलाई आकर्षक राख्नका लागि प्रशस्तै मेहनत गरिरहेका पाइन्छन् । उनीहरु नियमित जीम जाने, व्यायाम गर्ने, योग गर्ने, प्राणायम गर्ने, ध्यान गर्ने गर्छन् । कतिपयलाई त व्यायामको लत नै लागेको पनि छ भन्ने गरिन्छ ।

केही समयअघि निर्माता एवं निर्देशक बोनी कपूरले छोरी जान्ह्वी कपूरलाई लक्षित गरेर एउटा पत्रिकाको लेख पोस्ट गरेको कुराबाट पनि यसको संकेत मिल्छ । उक्त लेखमा फिटनेस एडिक्सनको साइड इफेक्टबारे लेखिएको थियो । संभवत बोनी आफ्ना छोरीलाई फिटनेसप्रति त्यती धेरै आशक्ति नराख्न सुझाउँथे ।

अन्र्तवर्ताको क्रममा बलिउड अभिनेत्रीहरुको जब दैनिक तालिकाबारे सोधीखोजी गरिन्छ, उनीहरुको तालिकामा व्यायाम, जिम, वर्कआउट, ध्यान, योग अभिन्न रुपमा जोडिएकै हुन्छ ।

शिल्पा सेट्टी त योग गुरुको रुपमा चिनिदैछन् । उनी निकै कठिन योगाभ्यस पनि गर्न सक्छन् । बाबा रामदेवसँग पनि उनले स्टेजमा एकसाथ योग अभ्यास गरेकी छिन् । युट्युबमा खोज्ने  हो भने, शिल्पाले योग गरेको भिडियो प्रशस्तै पाइन्छ ।

विपशा बसुलगायत अरु थुप्रै अभिनेत्री योग, ध्यान, व्यायाममा निपूर्ण रहेको पाइन्छ । केही समयअघि अभिनेत्री रानी मुखर्जीले दिनमा सय पटकभन्दा बढी सूर्य नमस्कार गर्ने गरेको बताएकी थिइन् । सूर्य नमस्कारमा १२ वटा अवस्थिती हुन्छ, जसले समग्र शरीरको समूचित व्यायाम गराउँछ ।

बलिउड अभिनेत्रीहरुले खानपानमा पनि उत्तिकै ध्यान दिने गरेका छन् । उनीहरु सन्तुलित र सुपाच्य भोजन गर्छन् । धेरैजसोले उसिनेको खानेकुरा सेवन गर्छन् । विहानदेखि रातीसम्मको खानपान तालिकामा सम्पूर्ण पोषक तत्व मिलाएका हुन्छन् ।

यी भए प्राकृतिक तौर तरिका । यसबाहेक उनीहरु ड्रेसअप, मेकअपमा पनि उत्तिकै सचेत हुने गरेका छन् । अतः यहाँ केही बलिउड अभिनेत्रीको मेकअप शैलीबारे चर्चा गरिएको छ ।

बलिउड अभिनेत्रीको मेकअप अनुभव

मेरो हिसाबले हरेक युवती सुन्दर हुन्छन् । मेरो सुन्दरतामा मेकअपको ठूलो भूमिका छ । ग्ल्यामर वल्र्डमा आइसकेपछि मैले मेकअपलाई सधै साथी बनाएँ ।

ऐश्वर्य राय बच्चन

अहिले म निकै कम मेकअप गछुृ । यद्यपी मेकअपले नै तपाईं साधारण, ग्ल्यामरस, आकर्षक वा अरु जे पनि बन्न सक्नुहुन्छ । खासमा मैले फिल्म र विज्ञापनमा आएपछि नै मेकअप गर्न सिकें ।

श्रद्धा कपूर

मलाई साजसज्जामा बाल्यकालदेखि नै रुची थियो । मलाई थाहा थियो कि म अभिनेत्री बन्नेछु । जब पहिलो पटक मैले ‘स्टुडेन्ट अफ द इयर’मा मेकअप गरे, तब अफस्त्रिmन र अनस्त्रिmनको अन्तर थाहा पाएँ । मेकअपले नै ‘हाईवे’ फिल्ममा फरक लुक दिन सकियो । मेकअपले तपाईंलाई आफुले चाहेजस्तै लुक्स दिन सक्छ ।

आलिया भट्ट

मेकअपले सधै तपाईंलाई सुन्दर बनाउन सहयोग गर्छ । मेरो स्किन टोन राम्रो छ, त्यही कारण मेकअप धेरै गर्नुपर्दैन । तर, ग्ल्यामरस र अनस्त्रिmन राम्रो देख्नका लागि मेकअप गर्नु जरुरी छ । म सधै नै आफ्नो पर्समा लिपस्टिक र गाजल राख्छु ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment