Comments Add Comment

अनुष्काको तस्वीरमा विराटको कस्तो कमेन्ट ?

विरुष्का अर्थात अनुष्का शर्मा र विराट कोहली । यो हिट जोडीलाई मिडियाले जहाँपनि पच्छ्याइरहेकै हुन्छ । उनीहरु के गर्छन्, कहाँ जान्छन्, के भन्छन् ? यसबारे चियोचर्चा गरिन्छ । देशमा होस् वा विदेशमा उनीहरु चर्चाको घेराबाट बाहिर हुँदैनन् ।

अहिले अभिनेत्री अनुष्का शर्मा आफनो कामको सिलसिलामा यति बेला ब्रसेल्समा छिन् । त्यहाँ पनि उनले खुलेर मस्ती गरिरहेकी छिन् र आफ्ना लोभलाग्दा तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरिरहेकी छिन् । अनुष्काले हिजो बिहिबार इन्स्टाग्राममा एउटा तस्वीर शेयर गरिन् । उक्त तस्वीरमा उनी मेट्रो रेल भित्र देखिन्छिन् । ब्ल्याक एण्ड हृवाइट उक्त तस्बिरमा अनुष्का ट्रेन भित्र पोल समातेर उभिएकी छिन् र निकै आकर्षक मुस्कान दिइरहेकी छिन् ।

उनले उक्त तस्वीर शेयर गर्दै लेखेकी छिन्-‘खुशी रहने युवतीहरु सधैं सबैभन्दा मायालु हुन्छन् ।’ अनुष्काको उत्तः तस्वीरमा उनका श्रीमान् तथा भातरीय क्रिकेट कप्तान विराट कोहलीले कमेन्ट गर्दै लेखे-‘तिमी सधैं सबैभन्दा मायालु हुन्छो मेरी माया ।’

अनुष्का शर्मा तथा विराट कोहली आफ्नो काममा व्यस्त भएपनि फुर्सद हुने बित्तिकै एक-अर्काका लागि समय निकाल्छन् । हालै मात्र अनुष्का आईसीसी वल्र्ड कप २०१९ मा आफ्ना श्रीमान् विराट तथा भारतीय टिमलाई समर्थन गर्न बेलायत पुगेकी थिइन् । अनुष्काको फिल्मको कुरा गर्ने हो भने अनुष्का पछिल्लो पटक शाहरुख खानसँग ‘जिरो’ मा देखिएकी थिइन् । त्इसपछि उनले आफ्नो नयाँ प्रोजेक्ट घोषणा गरेकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment