Comments Add Comment

‘मेरो अगाडि उभिने शक्ति टाइगरमा मात्र छ’: ऋतिक

नायक ऋतिक रोशनका फ्यान हुन् अर्का नायक टाइगर श्राफ । टाइगरको डान्स र शरीरमा ऋतिकको झल्को आउँछ भनिन्छ । यसैले पनि यी दुइलाई पर्दामा एकसाथ हेर्न चाहने दर्शक विश्वमा धेरै छन् । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘फाइटर्स’मा दर्शकले ऋतिक र टाइगरलाई एकसाथ देख्न पाउनेछन् । चलचित्रमा यी दुइको एक्सनले दर्शक लोभिने आशा गरिएको छ ।

चलचित्रमा भीएफएक्स पनि प्रशस्त छ । यसैविच, एक म्यागेजिनसँग कुराकानी गर्दै ऋतिकले आफ्नो सामु उभिने शक्ति टाइगरमा मात्र भएको बताएका छन् । ऋतिकले भने–‘काबिल र सुपर ३०’ जस्ता चलचित्र गरेपछि मलाई एउटा यस्तो चलचित्र चाहिएको थियो जसले मलाई उत्कृष्ट बन्नका लागि प्रेरित गरोस् । म एकदमै सालिन भएको थिएँ र मलाई लाग्थ्यो कि मेरो सामु उभिने शक्ति टाइगरमा मात्र छ ।’

उनले अगाडि भने–‘टाइगर एउटा फौजको सानो समुह जस्तो देखिन्छन् । मलाई लाग्दैन कि अरु कसैले पनि मलाई यो तरिकाले साथ दिन सक्छन्, जुन टाइगरको साथमा छ ।’ ऋतिकले भने–‘मैले केही यस्ता चलचित्रमा काम गरेको छु, जहाँ म एक्लै छु । अब म चलचित्रमा रमाउन चाहन्छु । टाइगरसँग मैले गरेको चलचित्र निकै नै रमाइलो छ ।’

ऋतिकले आफूले अझै पनि अन्य चलचित्रमा टाइगरसँग काम गर्न चाहेको बताए । उनले, आफूले अब रमाइलो खालका चलचित्र खोजिरहेको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment