Comments Add Comment

न्यूयोर्कमा विन्दास अर्जुन-मलाईका

बलिउड अभिनेता अर्जुन कपूर तथा अभिनेत्री मलाइका अरोरा अहिले अमेरिकाको न्यूयोर्कमा होलिडे मनाइरहेका छन् । अर्जुन आफ्नो बर्थडे सेलिब्रेसन गर्नका लागि मलाइकासँगै न्यूयोर्क गएका थिए ।

पछिल्ला दिनहरुमा दुबैले घुमफिर गरिरहेका तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । हालैमात्र मलाइका तथा अर्जुनले उस्तै देखिने तस्बिर शेयर गरेका छन् । यसपटक दुबैले एक-अर्कालाई सामाजिक सञ्जालमा च्यालेञ्ज दिइरहेका छन् र सोधेका छन्, ‘हामी दुईमध्ये को राम्रो ?’

अर्जुन कपूरले आफ्नो इन्स्टाग्राम एकाउन्टबाट तस्वीर शेयर गरेका छन् जसमा उनले नियोन ग्रीन ज्याकेट लगाएका छन् र टाउकोका क्याप समेत लगाएका छन् । उक्त तस्वीर शेयर गर्दै अर्जुनले लेखेका छन्-‘कसले नियोन राम्ररी लगाएको छ ?’

ठ्याक्कै त्यस्तै प्रकारको तस्बिर मलाईकाले पनि आफ्नो इन्स्टाग्राममा शेयर गरेकी थिइन् । यी दुबै सेलिब्रेटीका तस्बिरहरुमा प्रसंशकहरुले खुलेर कमेन्ट गरिरहेका छन् । अर्जुनले आफ्नो तस्बिरको क्याप्सनमार्फत मलाइका अरोरालाई नै च्यालेञ्ज दिएको स्पष्ट संकेत गरेका छन् ।

अर्जुनले भन्दा पहिला मलाइकाले जुन तस्बिर शेयर गरेकी थिइन्, त्यसमा उनी नियोन ग्रीन रंगको टपका साथमा क्याप लगाएकी छिन् । उनले आफ्नो तस्वीरको क्याप्सनमा लेखेकी छिन्-‘न्यूयोर्कमा मेड हेटर । फोटो क्रेडिट-मेड हेटरले यो तस्बिर खिचेका हुन् ।’

मलाईकाले उक्त पोस्टबाट के स्पष्ट पारेकी छिन् भने उक्त तस्बिर अर्जुन कपूरले नै खिचेका हुन् । त्यसअघि मलाइकाले अर्जुनको बर्थडेको अवसरमा एउटा पोस्टमार्फत अर्जुन र आफ्नो सम्बन्धका बारेलाई औपचारिकता दिएको घोषणा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment