+

श्रीलंकाले भारतलाई दियो २६५ रनको लक्ष्य

२०७६ असार  २१ गते १९:३४ २०७६ असार २१ गते १९:३४
श्रीलंकाले भारतलाई दियो २६५ रनको लक्ष्य

काठमाडौं । विश्वकप क्रिकेटमा श्रीलंकाले भारतलाई २६५ रनको लक्ष्य दिएको छ । भारतले जवाफी ब्याटिङ गर्दैछ ।

टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले ५० ओभरमा ७ विकेट गुमाएर २६४ रन बनायो । खराब सुरुवात गरेको श्रीलंकाले ५५ रन जोड्दा विकेट गुमाइसकेको थियो ।

तर एन्जेलो म्याथु र लाहिरु थिरिमानले पारी सम्हाने प्रयास गरे । दुबैले पाँचौं विकेटका लागि १२४ रनको साझेदारी गरे । थिरिमाने ५३ रनमा आउट भए । त्यसपछि आएका धनन्जय डी सिल्भाले ७४ रनको साझेदारी गरे ।

म्याथु ११३ रनमा आउट भए ।

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय