Comments Add Comment

अमेजन सुरु गर्नुभन्दा २५ वर्षअघि जेफ बेजोस के गर्थे ?

Photo Credit : ANDREW HARRER/BLOOMBERG/GETTY IMAGES

२१ असार, काठमाडौं । आफैंसँग सोध्नुस् तपाईंको मन के चाहान्छ ? विश्वकै धनी व्यक्ति र अमेजन कम्पनीका मालिक जेफ बेजोसका अनुसार यो यस्तो प्रश्न हो जसलाई कुनै पनि निर्णय गर्नुअघि हामीले आफैंलाई सोध्नुपर्छ ।

र यही सवाल उनले अमेजनको स्थापना गर्नुभन्दा २५ वर्ष अगाडि आफैंसँग सोधेका थिए । त्यस बेला उनले एकदमै राम्रो र आरामको नोकरी छोड्ने सोच बनाइरहेका थिए ।

उनी वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंकमा काम गर्दथे । यहाँबाट राजीनामा दिएपछि उनले सिएटलमा आफ्नो बुवाको ग्यारेजबाट अमेजन सुरु गरे । र, यो सुरुवातको मिति थियो- ५ जुलाई १९९४ ।

त्यो व्याक्य, जसले जेफ बेजोसको दृष्टिकोण बदलिदियो

सन् २०१० मा प्रिन्सटन युनिभर्सिटीमा उनले एक भावुक भाषण दिएका थिए । उनले आफ्नो यात्राको बारेमा त्यहाँका विद्यार्थीहरुलाई भनेका थिए कि अमेजनको सुरुवात कसरी सुरु भएको थियो र कसरी विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी बन्यो । जेफ बेजोसले प्रिन्सटन युनिभर्सिटीबाट नै आफ्नो पढाइ पूरा गरेका थिए ।

अमेजन पब्लिक कम्पनी बनेको वर्ष सन् १९९७ मा जेफ बेजोस

त्यहाँ उनले आफ्नो बचपनको एक किस्सा सुनाएका थिए, जसबाट जीवनप्रतिको उनको दृष्टिकोण बदलिएको थियो । जेफ बेजोस १० वर्ष हुँदा आफ्ना हजुरबुवा-हजुरआमासँग कारको यात्रामा निस्किएका थिए । यसैक्रममा उनले मानिसको जिन्दगीमा सुर्तिको असरको लेखाजोखा गरेका थिए । उनले यो लेखाजोखा आफ्नो हजुरआमालाई भन्नका लागि गरेका थिए कि सिगरेटको कारण उनले आफ्नो जीवनको कति समय नष्ट गरिरहेकी छन् भनेर ।

उनको भनाइ सुनेर हजुरआमा रोइन् । त्यसपछि हजुरबुवाले सडक किनारमा गाडी रोके । कारबाट बाहिर निस्किए र जेफ बेजोसका लागि गाडीको ढोका खोलिदिए ।

बेजोसले भने, ‘उहाँ एक बुद्धिमान र शान्त स्वभावको हुनुहुन्थ्यो । उहाँले कहिल्यै पनि मलाई हप्काउनु भएन । तर शायद यो पहिलो पटक थियो उहाँले मलाई गाली गर्नुभयो । उहाँ चाहानुहुन्थ्यो मैले हजुरआमासँग माफी मागूँ ।’

‘मेरो हजुरबुवाले मलाई हेर्नुभयो र केहीबेरपछि स्नेहपूर्वक भन्नुभयो- जेफ एक दिन तिमीले थाहा पाउने छौ कि विनम्र हुन, एक बुद्धिमान हुनुभन्दा धेरै कठिन छ भन्ने कुरा ।’

जेफ बेजोसले त्यही बेलादेखि हरेक निर्णय मूल्यवान हुन्छ भन्ने कुरा कहिल्यै बिर्सिएका छैनन्, जुन निर्णय हामीले सुझबुझका साथ लिन्छौं ।

कठिन निर्णय

सन् १९६४ जन्मिएका बेजोस पढाइमा तेज थिए । उनले आफ्ना साथी र सहपाठीहरुसँगै म्याकडोनल्ड्समा जागिर सुरु गरेका थिए । न्यू जर्शीको प्रिन्सटन युनिभर्सिटीबाट कम्प्युटर साइन्स र इलेक्ट्रीकल इन्जिनियरिङमा ग्राजुयसन गरेपछि केबल आठ वर्षपछि उनी डीई शा एन्ड कम्पनीको भाइस प्रेसिडेन्ट बनेका थिए । डीई शा एक वाल स्ट्रीट इन्भेष्टमेन्ट बैंक हो, जहाँबाट उनले राजीनामा दिएर अमेजन सुरु गरेका थिए ।

सन् २०१० मा प्रिन्सटन युनिभर्सिटीमा दिएको भाषणमा उनले भनेका थिए- इन्टरनेटको पहुँच तीव्र रुपमा बढिरहेको थियो र मैले एक अनलाइन बुकस्टोर खोल्ने निर्णय गरें, जहाँ हजारौं किताबहरु हुन्थे । जेफ बेजोसले भने, ‘म आफ्नो नोकरी छोडेर केही फरक गर्न चाहान्थें । मेरी पत्नीले मलाई प्रोत्साहित गर्थिन् र उनी मेरो सपना पूरा होस् भन्ने चाहान्थिन् ।’

मेरो एक बोस हुनुहुन्थ्यो, उहाँलाई मैले धेरै आदर गर्थें । मैले मेरो आइडियाको बारेमा भनें । उहाँले मलाई पार्कमा लैजानुभयो । उहाँले मुरा कुरा फुर्सदले सुन्नु भयो र भन्नुभयो- यो एक राम्रो आइडिया त हो तर यो तिनका लागि हो जोसँग कुनै काम छैन । उहाँले मलाई आफूसँग राम्रो नोकरी भएको कुरा बताउनुभयो ।’

‘मैले यो कुरामा धेरै सोचे र धेरै सोचिसकेपछि मैले निर्णय लिएँ कि मैले मेरो सपना पूरा गर्नुछ ।’

‘म यो कुरामा पछुताउन चाहन्नथें कि मैले प्रयास नै गरिनँ । यदि प्रयास नै नगरेको भए मलाई पछुतो अवश्य हुने थियो । तर, अहिले मलाई आफ्नो निर्णयमा गर्व छ ।’

नयाँ कम्पनीको शुरुवातका लागि जेफका आमा-बुवाले जम्मा गरेको रकम दिनुभएको थियो । २५ वर्षपछि अहिले अमेजनको नाम विश्वभर नै छ । किताबको बजारमा कम्पनीको बोलवाला नै छ । भारतमा पनि अमेजनले तीव्ररुपमा आफ्नो नाम र स्थान बनाइरहेको छ ।

– बीबीसीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment