१२ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनको क्रममा वडा कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बुढानीलकण्ठ नगरपालिका-१२ दुलालचोकका ४६ वर्षीय प्रेम कार्की छन् । उनलाई प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
२४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा उनले बुढानीकलण्ठ नगरपालिका–१० को वडा कार्यालय तोडफोड र आगजनी गरेको आरोप छ । कपनबाट पक्राउ परेका उनलाई प्रहरी बौद्धको हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4