+
+
Shares

शृंखलाबद्ध रुपमा गलाको सिक्री थुत्ने गिरोह पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते ११:५०

१२ कात्तिक, काठमाडौं । काठमाडौंका विभिन्न स्थानहरुमा श्रंखलाबद्ध रुपमा गलाको सुनको सिक्री चोरी तथा लुटपाट गर्ने हिरोहका पाँच सदस्यलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका घर भएका २८ वर्षीय राज लामा, उदयपुरको ताप्ली गाउँपालिका-४ घर भएका २० वर्षीय दुर्गाबहादुर मगर, रामेछापको लिखु तामाकोशी गाउँपालिका-६ घर भएका ४० वर्षीय गोविन्द सुनार, कैलालीको लम्कीचुहा नगरपालिका–७ का २२ वर्षीय दिपेश रसाइली छन् ।

उनीहरू मध्ये राज लामा सिक्री थुत्दा मोटरसाइकल चलाउने व्यक्ति रहेको पाइएको छ । दुर्गाबहादुर भने राजले चलाएको मोटरसाइकल पछाडि बसेर गलाको सिक्री थुत्ने व्यक्ति हुन् ।

दिलबहादुर भने लुटिएको सिक्री बिक्री गरिदिने व्यक्ति रहेको प्रहरीले बताएको छ । उनले भक्तपुरको सल्लाघारीमा श्री लक्ष्मी ज्वलर्स सुनचाँदी पसल सञ्चालन गरेका छन् ।

बुढानीलकण्ठमा रहेको कालिका ज्वेलर्सका गोविन्द सुनार र संकटामा रहेको मनु जेम्स एण्ड ज्वेलर्सका सञ्चालक दिपेश लुटिएको सिक्री किन्ने व्यक्ति रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले बताए ।

उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । यो गिरोहले असोजदेखि यता एक महिनाको अवधिमा मात्रै ७ पटक सुनको सिक्री थुत्दै लुटपाट गरेको छ ।

८ असोजमा नख्खुडोलमा सबिता मगरको डेढ तोलाको सिक्री थुतेर यो समूह फरार भएको थियो । त्यसपछि नागार्जुन सिंगल ट्रि नजिकै हिरा लामाको १ तोला १५ लालको सिक्री थुतेर फरार भएको थियो ।

२६ असोजमा ललितपुर बुद्धचोकमा भिमा गुरुङ ३ तोलाको सिक्री थुतेर फरार भएको थियो । १ कात्तिकमा नागार्जुनमै आरुसी जोशीके झोला लुटेर फरार भएको प्रहरीले बताएको छ ।

नागार्जुनकै गुँरास टोलमा बिष्णुमायाको १ तोला २५ ग्रामको सिक्री थुतेर फरार भएको एसपी भट्टराईले बताए । त्यसै दिन रानिवन राधाकृष्ण मन्दिर नजिक बुद्धिमान घिमिरेको १ तोलाको गलाको सिक्री थुतेर लिएर फरार भएको प्रहरीले बताएको छ ।

१ कात्तिकमा नेपालटारमा बिमाया गुरुङको २ तोलाको सिक्री थुतेर लगेको पाइएको छ ।

प्रहरीले उनीहरुबाट चोरी तथा लुटपाट गर्दा लगाएका कपडाहरु समेत बरामद गरेको छ । ७० थान भन्दा बढी सीमकार्ड, मोबाइल, चोरी गर्न प्रयोगथमा भएको मोटरसाइकल, अरु ३ थान मोटरसाइकल पनि बरामद गरेको छ ।

त्यसैगरी दिलबहादुरबाट ३ लाख ८८ हजार बरामद भएको छ । गोविन्दबाट ७ तोला ४४ लाल सुन बरामद भएको छ भने नगद १ लाख ६६ हजार बरामद भएको छ ।

पक्राउ परेकाहरुविरुद्ध काठमाडौं जिल्ला अदालतबाट चोरी तथा लुटपाटको कसुरमा ८ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?