+
+
Shares

‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरियो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते ११:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • फिल्म ‘चंगा चेट’ को गीत ‘गोजीमा दाम छैन’ युट्युबमा १० करोड पटक हेरिएको छ।
  • यो गीत ७ वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको थियो।
  • गीतमा राजनराज शिवाकोटीको संगीत र मेलिना राई, शिवाकोटीले स्वर दिएका छन्।

काठमाडौं । फिल्म ‘चंगा चेट’ मा समावेश लोकप्रिय गीत ‘गोजीमा दाम छैन’ लाई युट्युबमा १० करोड पटक हेरिएको छ ।

यो गीत ७ वर्षअघि ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो ।

माधव वाग्लेले निर्माण र दीपेन्द्र के खनालले निर्देशन गरेको फिल्मको यो गीतमा राजनराज शिवाकोटीको संगीत छ । गीतमा शिवाकोटी, मेलिना राई र गृष्मा शिवाकोटीले स्वर दिएका छन् ।

हरिहर तिमल्सिनाको शब्द छ । भिडियोमा प्रमुख कलाकार प्रियंका कार्की, सन्दीप क्षेत्री, आयुष्मान देशराज जोशी, परमिता राणा, रवीन्द्र झा र सुरक्षा पन्तले अभिनय गरेका छन् ।

नृत्य निर्देशन प्रवीण सिंहले गरेका हुन् भने नीरज कँडेलले छायांकन । दृश्य सम्पान दीर्घ खड्का सम्पादन दिर्घ खड्काले गरेका हुन् ।

‘गोजीमा दाम छैन’ ले नेपाली संगीतको डिजिटल इतिहासमा अर्को नयाँ अध्याय लेखेको छ’ ओएसआर युट्युब च्यानलले विज्ञप्तिमार्फत जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?