+
+
Shares

मन्त्री दावा लामालाई पत्नी शोक

अनलाइनखबर अनलाइनखबर
२०७६ असार २१ गते १९:०६

२१ असार, चितवन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामालाई पत्नी शोक परेको छ ।

लामाकी पत्नी ५८ बर्षीया कान्छीमाया लामाको शनिबार विहान हेटौंडामा निधन भएको हो । उनको शवलाई हेटौडाबाट भण्डारास्थित घरमा ल्याइएको थियो । लामाको अन्तिम संस्कार बौद्ध परम्परा अनुसार चितवनको राप्ती–४ भवानीपुरको गुम्बामा अन्त्येष्टि गरिएको छ ।

उनलाई कलेजोको क्यान्सर भएको गत मंसिरमा पत्ता लागेको थियो । मन्त्री लामाले भारतमा समेत लगेर उपचार गराएका थिए ।

५८ वर्षीया लामाका दुई छोरा र दुई छोरी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?