+
+
Shares

शारोन वर्माले काठमाडौंमा प्रस्तुति दिने

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ६ गते ९:५१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्माले आगामी आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ प्रस्तुति दिने भएकी छन् ।
  • पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजे शुरू हुनेछ ।
  • वर्माले भारतसहित विभिन्न मुलुकमा स्ट्यान्ड-अप कमेडी प्रस्तुत गर्दै आएकी छन् ।

काठमाडौं । भारतीय स्ट्यान्ड-अप कमेडियन शारोन वर्माले नेपालमा स्ट्यान्डअप कमेडी प्रस्तुति दिने भएकी छन् । आगामी आइतबार प्रज्ञा प्रतिष्ठानको सभाहलमा ‘शारोन वर्मा लाइभ’ कार्यक्रम हुँदैछ ।

पिनाकल इन्टरटेनमेन्टको आयोजनामा हुने कार्यक्रम अपराह्न ४ः३० बजे सुरु हुनेछ । भारतमा स्ट्यान्ड–अप कमेडीका लागि प्रसिद्ध वर्माले हालैको ‘इन्डियाज गट लेटेन्ट’ शोबाट थप चर्चा पाएकी थिइन् ।

उनले भारतसहितका विभिन्न मुलुकमा पनि स्ट्यान्ड-अप कमेडी प्रस्तुत गर्दै आएकी थिइन् । उनी लाइभ प्रस्तुति मात्र होइन, सामाजिक सञ्जाल र डिजिटल प्लाटफर्ममा पनि उत्तिकै सक्रिय छिन् ।

काठमाडौंको शोमा वर्माले लाइभ प्रस्तुति दिने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?