Comments Add Comment

सञ्जय दत्तकी छोरी त्रिशालाका ब्याइफ्रेण्डको निधन भएपछि….

बलिउड अभिनेता सञ्जय दत्तकी छोरी त्रिशाला दत्तका इटालियन प्रेमिको अचानक निधन भएको छ । आफ्ना प्रेमिको अचानकको निधनले त्रिशाला अत्यन्त दुःखी भएकी छिन् । दुःखको यो घडीमा त्रिशालाले सामाजिक सञ्जालमा दुःखी मनले नै एउटा स्टाटस लेखेकी छिन् ।

त्रिशालाले ब्वाइफ्रेण्डसंगको एउटा तस्वीर शेयर गर्दै लेखेकी छिन्-‘मेरो मुटु टुटेको छ । धन्यवाद मलाई माया गरिदिएकोमा, मेरो सुरक्षा गरिदिएकोमा, ख्याल राखिदिएकोमा ।’ त्रिशालाले लेखेकी छिन्-‘तिमीले मलाई संसारकै सबैभन्दा खुशी रहने व्यक्ति बनायौ । म संसारकै सबैभन्दा भाग्यमानी युवती हुँ, जसको तिमीसंग भेट भयो । तिमी मभित्र सधैं जिवित रहने छौ । म तिमीलाई माया गर्छु र सधैं तिमिलाई सम्झिहने छु, त्यतिबेला सम्म जब हाम्रो दोस्रो पटक भेट हुँदैन, सधैंका लागि ।’

त्रिशालाको पोस्टका अनुसार उनका ब्वाइफ्रेण्डको मृत्य २ जुलाईमा भएको हो । त्यसो त त्रिशालाका ब्याइफ्रेण्डका बारेमा कहिले पनि धेरै जानकारी सार्वजनिक भएको छैन । यो वर्ष त्रिशालाले जब आफ्ना ब्वाइफ्रेण्डसँग सामाजिक सञ्जालमा धेरै वटा तस्वीरहरु शेयर गरिन्, तब मात्र उनीहरुको प्रेमको चर्चा हुन थाल्यो ।

२९ वर्षीया त्रिशाला न्यूयोर्कमा फेसन डिजाइनिङ क्षेत्रमा भाग्य परिक्षण गरिरहेकी छिन् । त्रिशाला सञ्जय दत्तकी पहिला श्रीमती ऋचा शर्माकी छोरी हुन् । त्रिशाला दत्त मौका पाउने बित्तिकै बुवा सञ्जय दत्तलाई भेट्न आउँछिन् । सञ्जय दत्त र त्रिशालाले आफ्ना सुखद क्ष्ँणहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment