Comments Add Comment

बाटो छेकेर अश्लील हर्कत गर्ने युवक पक्राउ

१५ असार, काठमाडौं । काठमाडौंको बनस्थली क्षेत्रमा कलेज पढ्ने किशोरी केही सातादेखि अनौठो समस्याबाट पीडित थिए ।

गल्लीबाट छिर्ने वित्तिकै एक अधवैंशेले बाटो छेक्थे, अगाडि पुगेर पाइन्ट खोलेर गोप्य अंग देखाइदिन्थे ।

पीडित किशोरीले महानगरीय प्रहरी वृत्त, बालाजुका उजुरी गरेपछि सादा पोशाकका प्रहरी खटाइयो । पीडितले दिएको हुलियाअनुसारका ३९ वर्षीय जादुलाल राउत कुर्मी पक्राउ परे ।

प्रहरीले सोधपुछ गर्ने क्रममा उनले गल्ती स्वीकारे । बाराको कलैयाका कुर्मी गाडी ग्यारेजमा काम गर्छन् । बयानका क्रममा उनले यस्तो गतिविधिले आफूलाई आनन्द मिल्ने दाबी गरेका छन् ।

अनुसन्धान अधिकृतकाअनुसार उनले राम्री केटीलाई बाटो छेकेर यौनांग देखाउने गरेको बताएका छन् । महानगरीय प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘हामीले उनीमाथि सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने कसुर अन्तरगत कारबाही अघि बढाएका छौं ।’

उनीमाथि लागेको अभियोग प्रमाणित भए मुलुकी अपराध संहिताअनुसार ६ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ ।

यसअघि मुलुकी ऐनको विरोध र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गर्दा पक्राउ परेका युवा जितिन लिम्बुविरुद्ध पनि यही कसुरमा मुद्दा चलाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment