Comments Add Comment

कम खर्चमै आकर्षक फर्निचरको छनौट

कस्तो फर्निचर राम्रो होला ? अक्सर हामी यसको जवाफ मूल्यसँग जोडेर हेर्छौं । महंगो फर्निचर नै राम्रो हुन्छ भन्ने हाम्रो मान्यता छ ।

सत्य चाहि के हो भने, महंगो हुँदैमा फर्निचर राम्रो हुन्छ भन्ने छैन । खासमा हामीले कसरी छनौट गर्छौं भन्ने कुरा महत्वपूर्ण हो । साथसाथै आफ्नो घरको रुपरेखा कस्तो छ ? भित्ताको रंग कस्तो छ ? घर-कोठालाई कुन किसिमको सजावटमा ढालेका छौ ? त्यसैमा आवश्यक फर्निचर पनि निर्भर रहन्छ ।

घरको कोठासँग मिल्दो फर्निचर छनौट गर्न सकियो भने त्यसले घर आकर्षक देखिन्छ । कोठा छरितो र खुला देखिन्छ । यसका लागि हामीसँग केही आधारभूत ज्ञान आवश्यक छ ।

हुन त घर त्यतिबेला मात्र पूर्ण देखिन्छ, जब घरभरी फर्निचरहरु राखिन्छन् । बजारमा सस्तादेखि महंगा फर्निचरहरु उपलब्ध हुन्छन् । ती मध्ये हामीले हाम्रो बजेट अनुसारको फर्निचर छनोट गर्नु पर्छ ।

नयाँ फर्निचर किन्दा धेरै प्रकारका योजनाहरु बनाउनु पर्छ । अधिकांश मानिसहरु योजना नै नबनाइ फर्निचरले घर भरिदिन खोज्छन् । जसले गर्दा घर सुन्दर देखिनुको साटो कुरुप देखिन सक्छ । फर्निचरलाई मिलाएर राख्नु पनि एउटा कला हो । यो कला इन्टेरियर डिजाइन अन्तर्गत पर्दछ । आन्तरिक सजावटमा हुने स-साना गल्तिले घरको स्वरुप नै नराम्रो देखिन सक्छ । यहाँ हामी केही जानकारी प्रस्तुत गर्दैछौं, जसबाट तपाईंले घरका कोठामा फर्निचरलाई आकर्षक तरिकाले राख्न सक्नु हुनेछ ।

बैठक कोठाको फर्निचर

-बैठक कोठाको आकार र इन्टेरियरलाईर् ध्यानमा राख्दै फर्निचर किन्नु पर्दछ । बैठक कोठाको भित्ताको रंग तथा भुईँमा ओछ्याएको कार्पेटको रंगसंग मेल खाने फर्निचर किन्नु उचित हुन्छ ।

-बैठक कोठा सानो छ भने कोठाको बीचमा फर्निचर राख्नुभन्दा कोठाको एउटा कुनामा राख्नु उचित हुन्छ । सानो बैठक कोठालाई स-साना सोफाले सजाउनुृ सकिन्छ । सानो कोठामा भने आर्म नभएको अथजा सानो आर्म भएको सोफा राख्नु उचित हुन्छ । यसो गर्दा थोरै ठाउँ पनि व्यवस्थित देखिन्छ ।

डाइनिङ रुमको फर्निचर

-डाइनिङ रुमका लागि डायनिङ सेटको छनोट भान्सा कोठा तथा डाइनिङ रुमका अन्य फर्निचर र भित्ताको रंगलाईर् ध्यानमा राखेर गर्नुपर्छ । डाइनिङ सेटको कुर्सी कम चौडाइ तथा सानै भएको राम्रो हुन्छ । ठूला कुसीले धेरै ठाउँ ढाक्ने मात्र होइन डाइनिङ रुम सानो पनि देखिन्छ ।

-डायनिङ टेबल किन्दा टेबलको लम्बाइमा ध्यान दिनुपर्छ । घरमा स-ससाना बालबालिका छन् भने मध्यम आकारको डायनिङ सेट लिनु उचित हुन्छ । त्यसमा घरका ठूलाबडा तथा केटाकेटीहरु सँगै बसेर खान सकिन्छ ।

-घरमा पाहुनाहरु आउने-जाने क्रम चलिरहन्छ भने उनीहरुका लागि अतिरिक्त डायनिङ कुर्सी राख्नुपर्छ ।

-बैठक कोठा तथा डाइनिङ रुम सँगसँगै छ भने बैठक कोठाको फर्निचरसंग मिल्ने गर्ने डाइनिङ सेट लिंदा राम्रो हुन्छ ।

-घरमा केटाकेटी छन् भने स्क्वायर, रेक्ट्याङगल आकारका अथवा काँच को डाइनिङ सेटको साटो गोलो आकारका काठ अथवा फाइभरका डाइनिङ सेट किन्नु उचित हुन्छ ।

बेडरुमका फर्निचर

-बेडरुममा सजाइने फर्निचरहरु बेडरुमका अन्य सरसामानसँग मेल खाने हुनु पर्दछ । बेडरुममा ओछ्यानबाहेक कम्प्युटर, स्टडी टेबल, सोफा पनि राख्नु पर्ने छ भने ती सबैसंग मेल खाने फर्निचर किन्नु पर्छ ।

-बेडरुमका लागि फर्निचर किन्दा रोजाइका साथै आवश्यकतालाई पनि ध्यान दिनुपर्छ ।

-बेडरुम सानो छ भने कपडा राख्न दराजको साटो ड्रयर्स प्रयोग गर्न सकिन्छ । सानो कोठामा दराज राख्दा कोठा अझ सानो र भरिएको देखिन्छ ।

-बालबालिकाको बेडरुममा लागि मध्यम आकारको फाइबर बोर्डको फर्निचर किन्नु पर्छ । त्यो सुरक्षित र सस्तो पनि हुन्छ ।

-राम्रो गुणस्तरको फर्निचरलाईर् प्राथमिकता दिनुपर्छ । बारम्बार खर्च गर्नुभन्दा गुणस्तरमा ध्यान दिएर केही महंगो फर्निचर किन्नु नै फाइदाजनक हुन्छ ।

-बेडरुमलाईर् फर्निचर शोरुमका रूपमा प्रयोग गरी धेरै फर्निचर राखेर अस्तव्यस्त बनाउनुका साटो आवश्यकता अनुसारका फर्निचर मात्र राख्नु उचित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment