+
+
Shares

करिश्माको सुन्दरता

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १६ गते १६:४९

नायिका करिश्मा मानन्धरको सुन्दरताको चर्चा जहिले पनि हुन्छ । यसैले त उनलाई सदाबहार नायिकाको उपमा दिइएको छ । नायिका मानन्धर आइतबार आयोजित एक कार्यक्रममा पुग्दा झनै स्टाइलिस र आकर्षक देखिइन् । वन पिस पहिरनमा पुगेकी करिश्माले सरकारले आइफा अवार्डका लागि दिन लागेको १ अर्ब रुपैयाँको पनि चर्को विरोध गरिन् ।

नायिका मानन्धरले हालै मात्र एसईई परिक्षा पास गरेकी छिन् । बी प्लस ल्याएर पास भएपछि करिश्माले सरकारी कलेजमा नै अध्ययन गर्ने बताउँदै आएकी छिन् । उनको यो निर्णयले पनि सबैको प्रशंसा पाइरहेको छ । करिश्माको फेसन अहिलेका नायिकाहरुलाई नै चुनौती दिने खालको छ । करिश्मा नायिका भैसकेपछि फेसनमा सधै नै सजग हुनुपर्ने स्पष्ट पार्छिन् ।

 

तस्वीरः शंकर गिरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?