Comments Add Comment

छापामा आज : छाडेन असारे विकासको रोगले, दिनहुँ साढे ४ अर्ब सकिँदै

लोकसेवाको विज्ञापन रोक्न सर्वोच्चले गरेको इन्कार, सशस्त्रका पाँच आईजीपीले विशेष अदालतबाट पाएको सफाइ, असारे विकासदेखि राजनीतिक दलभित्रको अन्तर विरोधसम्मका विषय आजका दैनिक पत्रिकाहरुको प्राथमिकतामा परेको छ । त्यस्तै, अपराध, अनियमितता र बेथितिसँग सम्बन्धित विषयमा पनि आजका पत्रपत्रिकाहरुको नजर परेको छ ।

कान्तिपुरले असारेविकासबारे मुख्य समाचार बनाएको छ । विगत वर्षदेखि आर्थिक वर्षको अन्तिममा आएर बजेट सक्ने प्रवृत्ति रहँदै आएको छ । यही प्रवृत्ति रोक्न ऐन र संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । तर, त्यसविपरीत विगतकै परम्परालाई पछ्याउँदै बजेट खर्च भउको छ ।

कान्तिपुरका अनुसार असारका १५ दिनको तथ्यांक हेर्दा दिनहुँ औसातमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइरहेको छ ।

कान्तिपुरमा कृष्ण आचार्य लेख्छन्– आर्थिक वर्षको सुरुका महिनामा खर्च नगर्ने र असार लागेपछि अत्यधिक खर्चिने प्रवृत्ति रोक्न यसै वर्ष संसद्को अर्थ समितिले अन्तिम महिनामा कुल बजेटको १० प्रतिशतभन्दा बढी खर्च गर्न नपाइने व्यवस्था गरेको छ । तर, १५ दिनमै बजेटको १५.२१ प्रतिशत खर्च भइसकेकाले संसदीय समितिको निर्देशन र अन्य कानूनी व्यवस्था सरकारले उल्लंघन गर्ने निश्चित जस्तै छ ।

नेकपा संसदीय दलको बैठकमा भएका छलफललाई पनि कान्तिपुरले कभरेज गरेको छ । कान्तिपुरका अनुसार, अधिकांशले सरकारको आलोचना गरेका छन् ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठकमा व्यक्त गरेको भनाइलाई टेकेर अन्नपूर्णले मुख्य समाचार बनाएको छ । अन्नपूर्णका अनुसार, एकताका क्रममा भएका आन्तरिक सहमतिपत्रमा अध्ययन नै नगरी हस्ताक्षर गरेको ओलीले बताएका छन् ।

ओलीलाई उद्धृत गर्दै अन्नपूर्णले लेखेको छ– पार्टी हितका निम्ति र कम्युनिस्ट पार्टीलाई बलियो बनाउन मैले जेमा पनि हस्ताक्षर गर्न सक्छु भनेको थिएँ । उहाँ (प्रचण्ड) ले ल्याउनुभयो । मैले हस्ताक्षर गरिदिएँ । त्यसपछि मात्रै अध्ययन गरेको हुँ ।’

सहमति बीचमै सार्वजनिक भएपछि र सहमतिका विषयमा अध्यक्ष प्रचण्डले एक टेलिभिजन अन्तर्वार्तामै खुलाएपछि नेकपाभित्र विवाद देखिएको थियो ।

नागरिकले ‘सम्पत्ति शुद्धीकरणमा गुरुङमाथि छानबिन’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । समाचार अनुसार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुईजना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पत्ति आर्ज अभियोगमा अनुसन्धान थालेको छ ।

बालुवाटारस्थित ललितानिवासले चर्चेको करिब १ सय १४ रोपनी सरकारी जग्गा हडपेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको छानबिनमा परेका गुरुङ, ढकाल र सुवेदीमाथि सम्पत्ति शुद्धीकरण विभागले पनि अनुसन्धान अघि बढाएको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिकाले प्रमुख सत्तारुढ दल कांग्रेसको आन्तरिक संगठनको अवस्थाबारे खोजखबर गरेको छ । समाचार अनुसार कांग्रेसका स्थानीय तहदेखि केन्द्रसम्मका समितिहरु लथालिंग र भद्रगोल छन् । भातृ संगठनहरुको अवस्था पनि उस्तै छ । गतिशील हुन सकेका छैनन् ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment