+
+

प्रदेश १ मा प्रतिपक्षीको आरोप : सरकारले शान्ति सुरक्षा कायम गर्न सकेन

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १८ गते १८:५३

१८ असार, विराटनगर । प्रदेश १ को प्रमुख प्रतिपक्षी दलका सांसदहरुले प्रदेश सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको भन्दै सरकारको आलोचना गरेका छन् ।

प्रदेशसभाको बुधबार बसेको बैठकको बिनियोजित विधेयकमा राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयसँग सम्बन्धी शीर्षकमाथिको छलफलमा भाग लिदै प्रमुख प्रतिपक्षी दलका सांसदले शान्ति सुरक्षा कायम गराउन प्रदेश सरकार असफल भएको दावी गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद प्रकासप्रताभ हाङनामले प्रदेशभित्र पछिल्ला सयम अपराधिक घटना बढिरहेकाले शान्ति सुरक्षा कमजोर बन्दै गएको भन्दै सरकारको आलोचन गरे ।

,’प्रदेशभरी जताततै अपराधिका घटना भएको सुन्न पाइन्छ,’ संासद हाङनामले भने, ‘गृहमन्त्रीको पहिलो काम के हो ? जनताको शान्ति सुरक्षा गर्ने हो,जनताहरुले शान्ति सुरक्षाको अनुभूत गर्न पाएका छन कि छैनन ? अहिले जति पनि घटना भएका छन् ती सबै घटनाको जिम्मा गृहमन्त्रीले लिनुपर्छ ।’

सांसद हाङनामले पाँचथरको मिक्लाजुङमा केही समयअघि भएको सामुहिक हत्या, त्यसैगरी सोही जिल्लामा केही समयअघि बलत्कारपछि हत्या गरेको घटनाको दृष्टान्त सदनसमक्ष प्रस्तुत गरेका थिए ।

उनले प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय भनेको आफूलाई पटक्कै चित्त नबुझेको भन्दै खासमा गृहमन्त्रालय नै भएको दाबीसमेत गरे ।

समाजबादी पार्टीका संसदीय दलका नेता जयराम यादवले आगामी आर्थिक वर्षको बजेटमा आफूले पेश गरेको योजना तथा कार्यक्रम समावेश नगरेका भन्दै प्रदेश सरकारले आफूहरुलार्य विभेद गरेको आरोप लगाए ।

‘प्रदेशसभामा समाजबादी पार्टी तेश्रो दलको हैसियतमा छ,’ सांसद यादवले भने, ‘अरु सत्ताबाहिरका सांसदहरुले पेश गरेको योजना तथा कार्यक्रमलाई बजेटमा समावेश गर्ने कुरामा के भयो थाहा छैन तर मैले पेश गरेको योजना तथा कार्यक्रम कुनै पनि समावेस छैन । किन विभेद ?’

सांसद यादवले आफूले पेश गरेको योजना कार्यक्रम कुनै पनि बजेटमा समावेश नभएको सदनमा जानकारी गराउदै भनेे, ‘सरकारको नीति केहो स्पष्ट हुन जरुरी छ,प्रदेश सरकारका मन्त्रीहरुले दामासाहीको रुपमा समानुपातिक ढंगले सम्मान रुपमा योजना वितरण गरेको भनेर झुटको खेती गर्न पाइदैन ।’

सांदनमा सांसदहरुले उठेका जिज्ञासाको जवाफ दिदै प्रदेश सरकारका प्रवक्ता एव आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले भने प्रदेश सरकार शान्ति सुरक्षा कार्यम गराउने कुरामा सफल रहेको दाबी गरे ।

‘देश भरमा हेर्दा हाम्रो प्रदेशमा शान्ति सुरक्षामा मजबुद छ । छिटफुट अपराधका घटना भएका छन,’ उनले भने, ‘जुन घटना घटाइएका छन,त्यसमा पनि संलग्नको पहिचान गरी उनीहरुलाई कानुनी दायरामा ल्याउने काम भएको छ ।’

बुधबारको प्रदेश सभा बैठकमा विनियोजित विधेयकमा निर्दिष्ट गरी राखिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयकासंँग सम्वन्धित शीर्षकमाथि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?