+
+
Shares

३ सय स्थानमा सलमानले जीम सेन्टर खोल्दै

अनलाइनखबर अनलाइनखबर
२०७६ असार १९ गते १२:००

बलिउडका चर्चित नायक सलमान खान फिटनेशको मामलामा सधै नै अगाडि छन् । सलमानको शरीर हेरेर फ्यान हुनेहरु पनि प्रशस्त छन् । यतिमात्र होइन, सलमानकै कारण बलिउडका धेरै नायक जीम धाउन थालेको बताइन्छ । सलमान दैनिक आफ्नो समय जीममा बिताइरहेका हुन्छन् । यसैले त उनी ५३ बर्षको उमेरमा पनि यस्तै फिट छन् ।

‘बिइङ ह्यूमन’ नामक सामाजिक संस्था खोलेर चर्चा कमाएका सलमानले अब भारतमा जीम सेन्टर पनि खोल्ने भएका छन् । सन् २०२० मा सलमानले भारतका विभिन्न ३ सय स्थानमा जीम सेन्सर खोल्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

सलमानले ‘एस के–२७’ नाममा ३ सय वटा जीम सेन्टर खोल्न लागेका हुन् । ‘एस के २७’ले जीमका ट्रेनरहरुलाई जागिर समेत उपलब्ध गराउनेछ । साथै, भारतलाई फिट राख्ने उद्देश्य यसको रहेको बताइएको छ । यो बर्षको अप्रिलमा सलमानले ‘बिइङ स्ट्रोङ्ग’ नाममा फिटनेशका सामाग्री सार्वजनिक गरेका थिए । अहिले भारतका १७५ वटा जीममा सलमानको यो ब्रान्ड रहेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?